×

NMB BANK
NIC ASIA

हेटौंडा औद्योगिक क्षेत्र : १ सय उद्योग तर उत्पादित सामानको भारत निर्यात भने घट्दै

साउन १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौंडा - औद्योगिक नगरका रुपमा विकास भएको हेटौँडा उपमहानगरपालिकामा १ सय भन्दा बढी उद्योग सञ्चालनमा रहे पनि उत्पादित वस्तुको निर्यात भने घट्दो क्रममा रहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार हेटौँडा औद्योगिक क्षेत्रबाट उत्पादित वस्तुको भारत तथा तेस्रो मुलुकमा हुने निर्यात व्यापार विगत १० वर्षको तुलनामा हाल ७७ प्रतिशतले कमी आएको हो । गत आर्थिक वर्ष २०७५/७६ मा हेटौँडाका चार वटा उद्योगले मात्र भारतमा आफ्ना उत्पादन निर्यात गरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशकअघिसम्म वार्षिकरुपमा करोडौँको सामान निकासी गर्ने बहुर्राष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इञ्जिनीयरिङ जस्ता उद्योग बन्द भइसकेका छन् । त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योग पनि केही वर्षअघिदेखि अस्तित्वमा नभएका कारण वस्तु निर्यात हुन नसकेको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले बताए ।


Advertisment
Nabil box
Kumari

नेपालबाट लाखौँको साबुन भारत निकासी गर्ने महाशक्ति सोप लामो समय बन्द भई करीब छ महीनाअघिदेखि पुनः उत्पादन थाले पनि भारत तथा तेस्रो मुलुकमा निर्यात भने गर्न नसकेको अध्यक्ष अर्यालले बताए ।

Vianet communication
Laxmi Bank

त्यस्तै युनिलिभर नेपाल, एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता बहुर्राष्ट्रिय उद्योगले पनि पाँच वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केही वर्षअघिदेखि भारत निकासी बन्द गरेको छ ।

दश वर्षअघि आव २०६५/६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्नो उत्पादन निकासी गरेकामा आव ०७५/७६ सम्म आइपुग्दा चार वटामा खुम्चिन पुगेको छ । आव २०६५/६६ मा जिल्लाबाट एक अर्ब रु २७ करोड १५ लाख ६५ हजारको औद्योगिक उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएकामा ०७५/७६ सम्म आइपुग्दा रु २८ करोड ३४ लाख ७६ हजारमा झरेको मकवानपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ ।

दशकअघि मकवानपुरका क्रसरजन्य सामग्री निकासीबाट पनि निर्यात व्यापारमा टेवा पुगेको थियो । सरकारले क्रसरजन्य उत्पादन भारतलगायत तेस्रो मुलुकमा निकासी गर्न बन्द गरेसँगै निर्यात व्यापारमा भारी गिरावट आएको देखिन्छ ।

दशकअघि मकवानपुरबाट करीब एक दर्जनभन्दा बढी उद्योगले करोडौँको क्रसरजन्य उत्पादन भारत निकासी गर्दै आएका थिए । मकवानपुरबाट गत वर्ष जम्मा चार वटा उद्योगले मात्र भारतमा आफ्ना उत्पादन निकासी गरेको मकवानपुर उद्योग सङ्घले जनाएको छ । बोतलको बिर्को उत्पादन गर्दै आएको सिएसआइ नेपाल प्रालिले सबैभन्दा बढी रु २५ करोड १५ लाख २२ हजारको उत्पादन भारत निकासी गरेको छ ।

विद्युतीय ट्रान्सफरमरको उत्पादन गर्ने नेपाल इकरात इञ्जिनीयरिङले रु तीन करोड सात लाख ४४ हजारको ट्रान्सफरमर भारत निकासी गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुरमा एक वर्षअघि मात्र सञ्चालनमा आएको टेन माइक्रोन्स नेपाल प्रालिले पनि ११ लाख ७० हजारको सामग्री निकासी गरेको छ भने एमएम पोलिमर्सले रु ३८ हजारको सामान मात्र भारत पठाएको देखिन्छ । आव २०७३/७४ मा झण्डै ३१ करोडको पोलिथिन र फाइबरका भाँडा बनाउने केमिकल उत्पादन गरी निकासी गरेको प्रोजियोकेम प्रालिले गत वर्ष भने कुनै उत्पादन भारत पठाएन ।

भारतीय ठूला उद्योगसँग प्रतिष्पर्धा गर्न नसकेकै कारण भारतमा नेपालको औद्योगिक उत्पादनको निकासी घटेको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष अर्यालको भनाइ छ । कच्चा पदार्थ आयात गर्दा र उत्पादित सामान निकासी गर्दा लाग्ने करमा सरकारले विचार नपु¥याउँदा त्यसको असर निर्यात व्यापारमा परेको उहाँको तर्क छ ।

सरकारले नीति राम्रो बनाउन नसक्दा मकवानपुरको मात्र हैन, देशकै निर्यात व्यापारमा ह्रास आएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको भनाइ छ । उद्योग वस्तु उत्पादनभन्दा पनि ट्रेडिङ व्यवसायतिर आकर्षित भएको बताउँदै उहाँले हेटौँडा औद्योगिक क्षेत्रको समग्र उत्पादन घट्दो क्रममा रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x