×

NMB BANK
NIC ASIA

पर्यटन

लुम्बिनी लक्षित होटलमा करोडौं लगानी, भगवान् बुद्धले पर्यटक तान्ने आश

साउन २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर रूपन्देहीको तिलोत्तमा–५ स्थित ‘ड्रिमल्याण्ड गोल्ड रिसोर्ट प्रालि’ यसै वर्ष २० करोड रूपैयाँ लगानी थप गर्‍यो ।

Muktinath Bank

लगानी थपसँगै पूर्वाधार र सेवा विस्तार गरेर सुविधासम्पन्न रिसोर्टले यसै वर्ष ‘चार तारे’ होटलमा स्तरउन्नति गरी पर्यटन विभागबाट अनुमति लिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिलोत्तमामै पाँचतारे टाइगर प्यालेस रिसोर्ट २ वर्ष अगाडि नै सञ्चालनमा आइसकेको छ । हङकङको सिल्भर हेरिटेज गु्रपको झण्डै ५ अर्ब लगानीमा रिसोर्ट सञ्चालनमा रिसोट काठमाडौं बाहिरको सबैभन्दा धेरै लगानी भएको संरचना हो । रिसोर्ट १५ बिघा क्षेत्रफलमा बनेको छ ।


Advertisment
Nabil box
Kumari

भगवान् गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पवन समूह भैरहवाले झण्डै १ अर्ब रूपैयाँमा होटल निर्माण गरिरहेको छ । होटलको नाम अझै जुराइसकेको छैन । बुटवल, तिलोत्तमा, भैरहवा र लुम्बिनी क्षेत्रमा गरी हाल ४/५ तारे होटलहरू दर्जन पुग्न थालेका छन् । मध्यम स्तरीय होटलले पनि लगानी थप गरी स्तरवृद्धि गरी ‘वान स्टार’सम्म बनाएका छन् ।

Vianet communication
Laxmi Bank

आधुनिक शैलीका रेस्टुरेन्ट र सुविधासम्पन्न कोठा थपेर उनीहरूले लगानी बढाएका छन् । ४० वटा ‘स्टार’ होटलहरू जिल्लामै निर्माणाधिन अवस्थामा रहेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देही बताउँछ ।
बुटवलदेखि भैरहवा हुँदै लुम्बिनी सम्मका सबै ठूला/अग्ला घरहरू अधिकांश होटलका रूपमा परिणत हुन थालेका छन् ।  

पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसाय रहेको छ । पछिल्लो साढे २ वर्षयता रूपन्देही तथा यस आसपासका जिल्लाहरूमा होटल (पर्यटन) क्षेत्रमा लगानी आइरिएको छ । ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल तोकिनु, भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा पुग्न, बुटवलमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बन्दै जाँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता रूपन्देही तथा यस आसपासको क्षेत्रमा पर्यटनको ठूलो सम्भावना देखेर होटल व्यवसायको क्षेत्रमा लगानी गर्न हौसिएको देखिन्छ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय सञ्चालन हुनासाथ विश्वका बौद्धमार्गी मुलुकबाट पर्यटकको पर्यटको संख्या भारी रूपमा वृद्धि विश्वासले होटल निर्माण/लगानीको होड चलेको बताउँछन् ।

‘लुम्बिनीको प्रचार–प्रसार पनि बढ्दो छ,’ अध्यक्ष जीसीले भने, ‘संघीय सरकारले नेपाल भ्रमण वर्ष र प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेका छन् । योसँगै लुम्बिनी आउने पर्यटनको संख्या वृद्धि हुन्छ । जसका लागि यहाँ ठूलो होटल आवश्यक पर्छन् । त्यसैले सबै पर्यटन क्षेत्र प्रवद्र्धनको लागि होटलमा लगानी गर्न लागेका छन् ।’

रूपन्देही पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र तथा ५ नम्बर प्रदेशको अस्थायी राजधानी पनि हो । रुपन्देहीमै नेपालको दोस्रो ठूलो भन्सार नाका बेलहिया पनि छ । यहीँ नाका भएर स्थलमार्ग हुँदै दैनिक हजारौं पर्यटक लुम्बिनी, पोखरा र काठमाडौंसम्म पुग्छन् । भैरहवासँगै काठमाडौं र पोखराका विमानस्थल अन्तर्राष्ट्रिय रुपमा एकसाथ सञ्चालनमा आउँदा देशभर पर्यटकको आवागमन बढ्ने अपेक्षासहित मुलुकभर नै ‘स्टार’ होटल खोल्ने होडबाजीजस्तै छ । नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र रहेको भन्दै त्यसका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणलाई प्राथामिकता पनि दिएको छ । 

होटल संघ, नेपाल (हान) का केन्द्रीय चन्द्रप्रकाश शर्माले पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले लगानी बढाएको बताउँछन् । ‘पर्यटन आगमनको सुनिश्चितता र पर्यटकीय पूर्वाधार पर्याप्त नहुँदा लगानी डुब्ने पो हो कि भन्ने जोखिम पनि कायमै रहँदारहँदै पनि व्यवसायीले जोखिम नै मोलेर भएपनि लगानी गरेको छन् ।’ 

टाइगर, ड्रीमल्याण्डसँगै यहाँ पैवा, सिद्धार्थ कटेज, नान्स, निर्माणा, डेनेभो क्लब, टुलिप, एभिन्यू, आम्रपाली, दियालो, कोक्के, रेडिसन, एसियन, होटल एसआर, लक्ष्मी, एभरेस्ट, यस क्षेत्रमा पछिल्लो समय खुलामा स्तरीय होटल हुन् । 

भैरहवाको बुद्धचोक, नेपाल भारत नाका बेलहिया, लुम्बिनीमा, विमानस्थल अगाडि घिमिरे, चौधरी लगायतका समूहले थ्री स्टार लभलका होटल निर्माण गरिरहेका छन् । ती होटलका नाम राखिसकिएको छैन ।

ड्रीम ल्याण्ड गोल्ड रिसोर्टका सञ्चालक गोपाल रानाले पर्यटक लक्षित गरेर होटलमा लगानी उर्लिएको बताए । ‘लगानी उत्साहजनक देखिएको छ । कति टिक्छन् ? त्यसमा पनि भर पर्छ । लगानी गर्दैमा सबै सफल हुन्छन्/चल्छन् भन्ने छैन,’ रानाले भने । लुम्बिनी आउने पर्यटक बुटवल ल्याउन २ ठाउँमा केवलकार निर्माण प्रक्रिया पनि शुरू भएको छ । 

लगानी खर्बभन्दा बढी पुग्यो  

बुटवल–भैरहवा–लुम्बिनी क्षेत्रमा खुलेका होटलमा झण्डै खर्बभन्दा बढी लगानी पुगेका छ । संघका अध्यक्ष जिसीका अनुसार रूपन्देहीमा मात्रै होटल तथा रेस्टुरेन्टको क्षेत्रमा १ खर्बभन्दा बढी लगानी पुगेको छ ।

जिसीले थपे, ‘२ वर्ष अगाडिसम्म लुम्बिनी आउने पर्यटक स्तरीय होटल थिएनन् । बास बस्नको लागि वा गोरखपुर पुग्थे या पोखरा वा काठमाडौं हानिन्थे । अहिले यहाँ खुलेका होटलमा पर्यटकको लागि कुनै समस्या छैन । सबै सेवा दिन सक्ने बनेका छन् ।’

कस्ता होटल पर्यटकीय ?

सरकारले तय गरेको मापदण्डअनुसार पर्यटकस्तरको साधारण होटलले कम्तीमा पनि सबैमा पर्याप्त प्राकृतिक प्रकाश आउन सक्ने र हावा चल्ने हुनुपर्ने, २५ प्रतिशत कोठाको साथमा स्नानघर तथा शौचालय (बाथरुम) संलग्न हुनुपर्ने छ । 

सबै कोठामा आधुनिक फर्निचर र बिजुलीको राम्रो प्रबन्ध हुनुपर्ने तथा नेपाली कला र संस्कृति झल्काउने किसिमले सजाइएको हुनुपर्ने छ । होटल व्यवसाय विश्वव्यापी उद्योग भएकाले समयानुकूल मापदण्ड बनाइएको र पर्यटकको रोजाइ तथा आवश्यकतालाई ध्यान दिइएको व्यवसायीको भनाइ छ ।

केन्द्रमा लुम्बिनी

निजी क्षेत्रले होटल व्यवसायमा लगानी गरेको मुख्य कारण लुम्बिनीलाई देखेर हो । विश्व शान्तिको मुहान तथा भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी पछिल्लो समय विश्वसामु प्रचारप्रसार भइरहेको छ ।

बुद्ध धर्मका अनुयायीमा जीवनमा १ पटक भगवान् गौतम बुद्धको जन्मभूमि जानुपर्छ भन्ने सन्देश बढ्दै गएको छ । त्यसैलाई लक्षित गरी सरकारले लुम्बिनी नजिकै निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरण (७५ प्रतिशत) मा पुगेको छ । विमानस्थल सञ्चालनमा आए विश्वमा धेरै मुलुकका पर्यटक सिधै लुम्बिनी आउनेछन् । 

कति पर्यटक आएर बस्छन् लुम्बिनीमा ?

लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी पछिल्ला २/३ वर्षयता आन्तरिक तथा बाह्य पर्यटक गरी १६ देखि १८ लाखले दर्शन गर्छन् । त्यसमध्ये जम्मा ५ प्रतिशतले मात्र लुम्बिनी तथा त्यस आसपासका क्षेत्रका रहेका होटलमा रात कटाउँछन् । बाँकी सबै कोही भारतको गोरखपुर, कोही काठमाडौं त केही पोखरा जान्छन् । 

लुम्बिनी वरपर अन्य घुमघाम गर्ने स्थल छैनन् भने चर्को गर्मीले गर्दा पर्यटक त्यहाँ लामो समय घुम्न सक्दैनन् । युवा होटल व्यवसायी गोविन्द पौडेलले लुम्बिनीसँग जोडिएका क्षेत्र, देवदह, तौलिहवा र रामग्रामसँग पर्यटक सहज रुपमा पुग्ने वातावरण बनाउन सके पर्यटकलाई कम्तीमा २ रात टिकाउन सकिने दाबी गर्छन् । लुम्बिनी आउने पर्यटक देवदह, तौलिहवा र रामग्राम जाँदैनन् । 

फितलो लुम्बिनी भ्रमण वर्ष : पर्यटक टिकाउने योजना छैन 

प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । सरकारको लक्ष्य लुम्बिनीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ तर लुम्बिनी प्रवेश गर्ने प्रमुख बाटो भैरहवा लुम्बिनी सडक बेहाल छ । भैरहवा आउने पर्यटक बाटो देखेर लुम्बिनी जान खोज्दैनन् ।

निर्माणाधीन सडक हिलाम्य र धुलाम्य छ । सरकारले पर्यटकको बसाइ अवधि लम्बाउने कुनै योजना छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x