सीजी ब्राण्डका नयाँ फ्रिजहरू बजारमा

साउन २०, २०७६

काठमाडौं – नेपाली ब्राण्डमा नम्बर १ ब्राण्ड र नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल सीजीले हालै बजारमा विभिन्न किसिमका आकर्षक एवं नयाँ–नयाँ मोडलका फ्रिज बजारमा ल्याएको छ ।

जसअन्तर्गत सिङ्गल डोरमा २५ वटाभन्दा बढी मोडलमा उपलब्ध छन् । यी फ्रिज हेर्दा निकै नै आकर्षक देखिने कम्पनीको दाबी छ ।


ADVERTISEMENT

विभिन्न किसिमका फूलबुट्टा र रंगमा उपलब्ध यी फ्रिजमा ५ वर्षसम्मको वारेन्टी रहेको कम्पनीले जनाएको छ । यसको विशेषताको भन्नु पर्दा यि फ्रिजहरुमा पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्न्डल आदि जस्ता अरुपनि थुप्रै विशेषता रहेका छन् ।

त्यस्तै डबल डोरको बारेमा भन्नु पर्दा हालै सि.जी.ले वाटर डिस्पेन्सर स्हित नयाँ फ्रिज बजारमा ल्याएको छ । यसमा अब तपाईले फ्रिज भित्रको चिसो पानि फ्रिजको ढोका नखोलिकनै पनि लिन सक्नु हुनेछ । यसमा कुईक फ्रिजिङ, ए++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, ४डि फ्रिजिङ जस्ता विशेषताहरु रहेका छन् ।

अर्को नयाँ साईड बाई साईड र मल्टिडोर युक्त फ्रिजहरु पनि ल्याएको छ । जसमा १० वर्ष सम्मको वारेण्टी पनि रहेको छ । यी फ्रिजहरुमा तपाईहरुले आफ्नो खानालाई धेरै समय सम्म ताजा बनाई राख्न सक्नुहुनेछ ।

यसमा ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, टच स्कृन, एन्टी ब्याक्टेरिया, डियोडोराईजेसन, किड्स लक, अर्लाम आदी जस्ता धेरै विशेषता रहेका छन् । 

यसको अर्को प्रमुख विशेषता भनेको यसमा तीनवटा मोडहरु रहेका छन्, जसमा होलिडे फंसन, इको फंसन र सुपर फ्रिज फंसन रहेका छन् । यी मोडहरुको प्रयोग गरि तपाईहरुले आफ्नो खानालाई धेरै समयसम्म ताजा राखि स्वास्थ्यलाई स्वस्थ राख्न सक्नेछन् ।

साउन २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस