मंसिर २४, २०८०
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
काठमाडौँ - अझै सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको पाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा पत्रकार सञ्जालले सोमवार ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत विद्यार्थीले कक्षामा सिक्न नसकेको अध्ययनले देखाएको बताए ।
केन्द्रले २०७४ सालमा २४ जिल्लाका एक हजार चार सय विद्यालयमा २८ हजार ३८१ विद्यार्थीहरुबीच नेपाली र गणित विषयमा गरेको अध्ययनको अवस्थाका बारेमा अध्ययन गरेको थियो । महानिर्देशक पाण्डेका अनुसार गणितमा प्रदेश नं. २ र नेपालीमा गण्डकी प्रदेशको सिकाइ उपलब्धि राम्रो देखिएको छ ।
यस्तै गणितमा प्रदेश नं. ५ र नेपालीमा कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ कमजोर देखिएको छ । नेपालीमा कर्णाली, प्रदेश नं.३ र सदूरपश्चिम कमजोर तथा गणितमा प्रदेश नं. १, प्रदेश नं. ५ र कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको प्रतिवेदनमा भनिएको छ ।
विद्यार्थीको सिकाइ राष्ट्रिय औषत उपलब्धि पाँच सय मानिएको छ । प्रतिवेदनमा पाँच सय अङ्कभन्दामाथि ल्याउने राम्रो सिकाइ र पाँच सय भन्दामुनि ल्याउने न्यून सिकाइ मानेको छ । गणितमा प्रदेश नंं २ का विद्यार्थीको सिकाइ उपलब्धि सबैभन्दा उच्च (५२१) देखिन्छ भने प्रदेश ५ मा सबैभन्दा न्यून (४८६) रहेको छ ।
यसैगरी राष्ट्रिय औसतसँग तुलना गर्दा प्रदेश १, ५ र कर्णालीको उपलब्धि क्रमशः ४९४, ४८६ र ४९६ राष्ट्रिय औसत (५००) भन्दा न्यून रहेको छ । त्यस्तै प्रदेश नं. ३ र गण्डकीको क्रमशः ५०५ र ५०३ राष्ट्रिय औसतभन्दा उच्च रहेको छ भने सुदूरपश्चिम प्रदेशको राष्ट्रिय औसतसँग बराबर पाँच सय रहेको छ । यसैगरी नेपालीमा कमजोर सिकाइ कर्णाली प्रदेश र राम्रो सिकाइ गण्डकी प्रदेशको छ ।
कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ ४८८ र गण्डकी प्रदेशको सिकाइ ५११ रहेको छ । नेपाली विषयको सिकाइ उपलब्धिमा प्रदेश नं– २ को पनि कमजोर ४८९, सुदूरपश्चिम ४९१, प्रदेश नं. ५ को ४९६, प्रदेश नं १ को पाँच सय, प्रदेश नं ३ को ५०६ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सिराहा उच्च, भोजपुर न्यून गणित र नेपाली विषयमा भोजपुर जिल्लाको सिकाइ न्यून तथा सिराहा, ललितपुर र चितवन जिल्लाको सिकाइ राम्रो देखिएको प्रतिवेदनमा भनिएको छ । भोजपुरको उपलब्धि सबैभन्दा न्यून (४६८) र सिराहाको उपलब्धि सबैभन्दा उच्च (५२३) देखिएको महानिर्देशक पाण्डेले जानकारी गराए ।
विद्यालयमा शिक्षकले गृहकार्य दिने, गृहकार्य परीक्षणगर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभावपर्ने र गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी विद्यार्थीमा शिक्षक र विद्यालयप्रति भएको सकारात्मक धारणाले उनीहरुको सिकाइ उपलब्धिसँग सकारात्मक सहसम्बन्ध राखेको पाइएको छ ।
यसैगरी विद्यार्थीको सिकाइ उपलब्धिमा विद्यालयमा सहपाठीबाट हुने विभिन्न प्रकारका दुरव्यवहारका कारणलेसमेत नराकात्मक असर पार्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विद्यालयमा कुनै न कुनै प्रकारको दुरव्यवहार महसुस गर्ने विद्यार्थी ४७ प्रतिशत रहेका छन् ।
जतिधेरै दुरव्यवहारको सामना गर्नुपर्ने हुन्छ, विद्यार्थीमा त्यति नै सिकाइ कमजोर हुने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ठीक उमेरमा ठीक कक्षामा भर्ना ठीक उमेरमा ठीक कक्षामा अध्ययन गर्ने विद्यार्थीको सिकाई उपलब्धि राम्रो देखिएको अध्ययनले देखाएको केन्द्रका शाखा अधिकृत श्यामप्रसाद आचार्यले जानकारी दिए ।
अध्ययनले कक्षा ५ का विद्यार्थीका लागि सिकाइको लागि सबैभन्दा उपयुक्त उमेर ११ वर्षमा हुने गरेको छ । ११ वर्षका उमेरको सिकाइ उपलब्धि सबैभन्दा उच्च ५०१ देखिएको शाखा अधिकृत आचार्यले बताए त्यस्तै १० वर्ष उमेर भएका विद्यार्थीको उपलब्धि पनि उच्च (५०१) नै देखिन्छ ।
उमेर ९ वर्ष वा सोभन्दा कम भएका विद्यार्थीको औसत सिकाइ उपलब्धि ४९८ अङ्क रहेको अध्ययनमा देखिएको छ । त्यस्तै १२ वर्ष, १३ वर्ष र १४ वर्ष वा सोभन्दा बढी उमेर भएका विद्यार्थीको सिकाइ उपलब्धि क्रमशः ५००, ४९४ र ४९२ अङ्क रहेको छ ।
कुनै खास कक्षाका लागि तोकिएको उपयुक्त उमेरभन्दा बढी र कम उमेर हुँदा सिकाइ उपलब्धिमा समेत असर पर्ने केन्द्रका शाखा अधिकृत आचार्यले बताए । केन्द्रका महानिर्देशक पाण्डेले विद्यार्थीको सिकाइमा परिवर्तन भइरहेको बताए । 'पढाइमा आएको परिवर्तनले सिकाइ उपलब्धि बढाइरहेको छ,' उनले भने, 'तर पनि अहिलेको अवस्थालाई सन्तोष मान्न सकिन्न ।'
प्रतिवेदनमा विद्यार्थीको सिकाइमा गृहकार्य, अतिरिक्त कक्षाको व्यवस्था, आमाको शिक्षाको प्रत्यक्ष र सकारात्मक प्रभाव समेत पर्ने गरेको उल्लेख गरिएको छ । कार्यक्रममा शिक्षाविद् डा विद्यानाथ कोइराला र डा मनप्रसाद वाग्ले सिकाइ उपलब्धि अझै सोचे अनुसार नभएकाले सिकाइ उपलब्धि बढाउनुपर्ने धारणा राखे ।
राष्ट्रिय अभिभावक महासङ्घ नेपालकाका संयोजक सुप्रभात भण्डारी, शिक्षक महासङ्घका तिलक कुँवर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)का सहअध्यक्ष डिके ढुङ्गाना, र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याव्सन)का महासचिव सुभाष न्यौपाने लगायतले सिकाइ उपलब्धिमा सुधार गर्नुपर्ने बताए ।
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...