×

NMB BANK
NIC ASIA

काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टलाई २०७५ कात्तिक ८ गते प्रहरीले सेवाबाट हटायो ।

Muktinath Bank

निर्मला हत्या प्रकरणमै प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्टलाईलाई पनि प्रहरीले सेवाबाट हटाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डकैतीसम्बन्धी मुद्दाका अभियुक्त संधिग्दसँग फोनमा कुराकानी गरेको अभियोगमा प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेललाई गत वैशाख १९ गते प्रहरीले निलम्बन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय सामाखुसीबाट पनि २ प्रहरी रंगेहात पक्राउ परेका थिए, उनीहरू पनि निलम्बनमा परेका छन् ।

Vianet communication
Laxmi Bank

यी त उदाहरण मात्र हुन् ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) १ जना, प्रहरी सहायक निरीक्षक (असई) १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी जवान २ जना र १ जना कार्यालय सहयोगी गरि ७ जना बर्खास्तगीमा परेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । 

आर्थिक वर्ष २०७५/०७६ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) १ जना, प्रहरी सहायक निरीक्षक (असई) १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी जवान २ जना र १ जना कार्यालय सहयोगी गरी ७ जनालाई सेवाबाट हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी उपरिक्षक (एसपी) १ जना, प्रहरी निरीक्षक (इन्स्पेक्टर) २ जना, प्रहरी नायव उपरीक्षक (सई) ५ जना, प्रहरी साहयक निरीक्षक (असई) ११ जना, प्रहरी हवल्दार २४ जना, प्रहरी जवान १ सय ९५ जना र कार्यालय सहयोगी ११ जना गरी २ सय ४९ जनालाई प्रहरी सेवाबाट हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

गत आवभित्र बर्खास्तगीमा परेका, सेवाबाट हटाइएका र निलम्बनमा परेकाहरूको कुल संख्या ४ सय ८३ छ ।

प्रहरी उपरीक्षक (एसपी) १ जना, प्रहरी नायव उपरीक्षक (डीएसपी) ५ जना, प्रहरी निरीक्षक (इन्स्पेक्टर) ८ जना, प्रहरी नायव उपरीक्षक (सई) २५ जना, प्रहरी सहायक निरीक्षक (असई) २५ जना, प्रहरी हवल्दार ३० जना, प्रहरी जवान १ सय ३२  जना र  कार्यलय सहयोगी १ जना गरी जम्मा २ सय २७ जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

के छ नियमावलीमा ?

प्रहरी नियमावलीको दफा ११३ (क) मा ‘प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन वा बर्खास्त गर्ने सकिनेछ,’ भनिएको छ ।

‘आफ्नो पदीय जिम्मेवारी लापरवाही गरी पूरा नगरेमा, आचरणसम्बन्धी कुराहरू बराबर उल्लङ्घन गरेमा, ड्युटीको समयमा बारबार मादक पदार्थ सेवन गरेमा, बारबार अनुशासनहीन काम गरेमा, राजनीतिमा भाग लिएमा, बिदा स्वीकृति नगराई लगातार पैंतालीस दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा, नैतिक पतन देखिने बाहेकका अन्य कुनै फौजदारी कसूरमा दोषी ठहर भई कैद सजाय तोकिएमा,’ प्रहरी कर्मचारीलाई बर्खास्त तथा सेवाबाट हटाउन सक्ने व्यवस्था ऐनमा गरिएको छ ।

बर्खास्तगीमा परेका प्रहरीले सञ्चय कोष र बिमाबाहेक अन्य सुविधा पाउँदैनन् भने सेवाबाट हटाइएकाले उपदान, पेन्सन लगायतका सुविधा पाउने ऐनमा व्यवस्था छ ।

प्रहरीलाई बलियो र विश्वासिलो बनाउन कारवाही !

संगठनलाई बलियो, सुदृढ र विश्वासिलो बनाउन संगठन भित्र भएका खराब आचरणका व्यक्तिलाई कारवाही गर्ने गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखल बताउँछन् ।

‘कमी कमजोरीलाई औंल्याएर, कमी कमजोरीलाई सच्चाउनका लागि कारवाहीले ठूलो मद्दत गर्छ,’ उनले लोकान्तरसँग भने ।

नराम्रो गर्नेलाई कारवाही मात्र नभएर राम्रो गर्नेलाई पुरस्कृत पनि गर्ने गरिएको उनले बताए । ‘कारवाहीमा पर्ने भन्दा पुरस्कृत हुने प्रहरी कर्मचारीको संख्या दुई गुणा छ,’ डीआईजी पोखरेलले भने ।

संठनलाई विश्वासिलो बनाउन कारवाहीसँगै राम्रो काम गरेकाहरूलाई पुरस्कृत पनि गर्ने गरिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x