कात्तिक १७, २०८०
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
काठमाडौं – अर्को महिना श्रीलंकामा आयोजना हुने एसीसी उन्नाइस वर्षमुनि (यू–१९) को एशिया कप खेल्नुपर्ने नेपाली युवा टोलीको बन्द प्रशिक्षण अहिलेसम्म शुरु हुन सकेको छैन ।
एक महिना अघि मात्र मलेसियामा सम्पन्न एसीसी इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि जितेर एशिया कपमा स्थान बनाएको नेपाली युवा टोलीको आजसम्म पनि बन्द प्रशिक्षण शुरु नहुँदा फेरि पनि थोरै समयको तयारीले प्रतियोगिता खेल्न जानुपर्ने बाध्यता बनेको छ ।
एशिया कपका लागि आजैबाट शुरु हुने भनिएको बन्द प्रशिक्षण एशियन क्रिकेट काउन्सिल (एसीसी) बाट बजेट स्वीकृति नआउँदा बन्द प्रशिक्षण प्रभावित बन्न पुगेको नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए ।
“एसीसीले स्वीकृति पठाएको छैन, हामी त्यही स्वीकृतिको प्रतिक्षामा छौँ, उताबाट स्वीकृति आउने बितिक्कै खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण शुरु गर्नेछौँ, सम्भवत भोलिसम्म स्वीकृति आउने आशामा छौँ, उनले भने ।
त्यस्तै प्रशिक्षक दासले एशिया कपको तयारीका लागि नेपालले पठाएको भारत भ्रमणको योजनालाई पनि एसीसीले अस्वीकृत गरेको बताए ।
उनले एसीसीको स्वीकृति नपाएपछि भारतमा प्रशिक्षणका लािग राष्ट्रिय खेलकूद परिषद् (राखेप)लाई आग्रह गरिएको जानकारी दिए ।
उनका अनुसार यसपटकको एशिया कपमा नयाँ खेलाडीले अवसर पाउने सम्भावना अत्यन्त न्यून रहेको छ । प्रतियोगिता शुरु हुन करीब एक महिनामात्र बाँकी भएकाले पनि नयाँ खेलाडीले अवसर पाउने सम्भावना कम रहेको हो ।
अघिल्लो महिना मलेसियामा सम्पन्न यु–१९ इस्टर्न रिजन च्याम्पियनशिपमा सहभागी १८ खेलाडीलाई नै निरन्तरता दिने सम्भावना प्रबल रहेको प्रशिक्षक दासको भनाइ छ ।
आगामी भदौ २० देखि २८ गतेसम्म हुने एसीसी यू–१९ एशिया कपमा एशियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, भारत, पाकिस्तान श्रीलंका, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुबेतले प्रतिस्पर्धा गर्नेछन् ।
टेस्ट राष्ट्र सम्मिलित एशिया कपका लागि समयमा नै प्रशिक्षण नहुनु र नेपाल क्रिकेट सङ्घ निलम्बनमा पर्नुले पनि नेपाली युवा क्रिकेट टोली मारमा परेका छन् ।
गत असारमा मलेसियामा सम्पन्न इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै एशिया कपको यात्रा तय गरेको थियो । त्यतिबेला नेपालले छनोट खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो भने सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले हराएको थियो ।
त्यसैगरी नेपालले सेमिफाइनल खेलमा मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...