सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

साउन २३, २०७६

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नम्बर १ को धरान–१४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

आर्थिक सहयोगले सिंह देवी मन्दिरदेखि दुई धारे पथ हुँदै विजयपुर चोकसम्मको पैदल रेलिङ मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्नेछ ।


ADVERTISEMENT

बैंक र संस्थाबीच आयोजित एक कार्यक्रममा १ लाख ११ हजार रुपैयाँ रकमको चेक बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक विपल्वराज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्तरण गरे ।

यसरी बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८६ शाखा कार्यालयबाट आफ्नो आवश्यकता अनुसार असामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आइरहेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

साउन २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस