कात्तिक २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको काप्रेचौरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल र लेखा अधिकृत रामकुमार पौड्यालसहित ११ जना विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
तत्कालीन जिविस अधिकारी पोखरेल र लेखा अधिृकत पौड्यालले उक्त विद्यालयको भवन निर्माणका क्रममा झुठा बिल भरपाई बनाई रु पाँच लाख २२ हजार ५ सय भुक्तानी गरेको आयोगले जनाएको छ ।
त्यस्तै तत्कालीन काप्रेचौर गाविसका सचिव टेकबहादुर डाँगी (क्षेत्र)ले समेत झुठा बिल भर्पाइ बनाई रु चार लाख भुक्तानी गराएका थिए ।
आयोगले जिविस अधिकारी पोखरेल र लेखाअधिकृत पौड्यालविरुद्ध जनही चार लाख ६४ हजार १५१ रुपैयाँ २५ पैसा बिगो माग दाबी गरेको छ । सोही प्रकरणमा संलग्न इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सवइन्जिनियर द्रोर्णप्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डिसीले झुठा कागजात पेश गरेको भन्दै आयोगले उनीहरुविरुद्ध जनही रु आठ लाख ४७ हजार विगो माग गर्दै आरोपपत्र दायर गरेको छ ।
आयोगले काप्रेचौर गाविसका सचिव डाँगी, विद्यालयका प्रधानान्धयापक कृष्णबहादुर घर्ती, निमित्त प्रअ खलबहादुर चलाउने (क्षेत्री)ले झुठा कागजात पेश गरेको भन्दै उनीहरुविरुद्ध जनही तीन लाख ५५ हजार ३३८ रुपैयाँ ७५ पैसा बिगो माग गरेको छ ।
यस्तै उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर रावत, सचिव डम्बरबहादुर पुन, कोषाध्यक्ष निमाकुमारी विकलाई समेत जनही रु आठ लाख ४७ हजार बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यसैगरी आयोगले काठ दाउराको छुट पूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा डिभिजन वन कार्यालय सुर्खेतका कार्यलय प्रमुख भक्तबहादुर लामाविरुद्ध समेत विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । निजले छुट पूर्जी मिलाइदिने भन्दै उनले सेवाग्राहीसँग रु चार लाख घुस लिएको आयोगले फेला पारेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...