×

NMB BANK
NIC ASIA

इन्टरनेट सेवाप्रदायक कम्पनीहरूबीच 'लफडा' - एकको कर्मचारीले अर्काको तार काटे

साउन २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -इन्टरनेट सेवा प्रदायक कम्पनी 'आइटेल कम्युनिकेसन'ले अर्को इन्टरनेट सेवा प्रदायक संस्था 'स्पेस टाइम नेटवर्क'का कर्मचारीले आफ्नो तार काटेको आरोप लगाएको छ ।

Muktinath Bank

स्पेस टाइमका एक कर्मचारी सुरज गोर्खाली बिहीवार साँझ करीब ५ बजेतिर सातदोबाटोमा इन्टरनेट सेवा प्रवाहका लागि राखिएको केवल काट्दै गरेको अवस्थामा रंगेहात भेटिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइटेलका कर्मचारीले गोर्खालीले आफ्नो केवल काट्दै गरेको देखेपछि सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तमा खबर गरेका थिए । दुवै संस्था इन्टरनेट र टेलीभिजन प्रदायक कम्पनी हुन् ।


Advertisment
Nabil box
Kumari

गोर्खालीलाई रंगेहात समातेका आइटेलका एक कर्मचारीले भने, 'प्रतिस्पर्धा गर्न नसकेर भौतिक क्षति गराउने बाटोमा स्पेस टाइमले कर्मचारी खटाएरै हाम्रो भौतिक क्षति गराउँदै आएको छ । यसअघि पनि हामीमाथि भौतिक क्षति गराइने गरिएको थियो । तर आज रंगेहात समात्यौं ।'

Vianet communication
Laxmi Bank

सातदोबाटोस्थित प्रहरी वृत्तका डीएसपी गौतम मिश्रले यसबारेमा थप अनुसन्धान भइरहेको लोकान्तरलाई बताए ।

मिस्टेक भयो - स्पेस टाइम

स्पेसटाइमका प्रशासन प्रमुख श्याम बन्जाडे भने आफ्नो प्राविधिक कर्मचारीले गल्तीले अरु कसैको तार काटिन गएको बताउँछन् ।

लोकान्तरसँग कुरा गर्दै बन्जाडेले भने, 'प्राविधिक कर्मचारी हुन्, काम गर्ने सिलसिलामा गल्तीवश उनले अर्को केवल काटेछन् । हालसम्म अनुसन्धान भएको छैन । के कति क्षति पुगेको हो, त्यो अनुसन्धानपछि मात्र थाहा होला ।'

बन्जाडेले स्पेसटाइमको प्रगति देख्न नसकेका कारण सानो गल्तीमा पनि प्रहरी गुहारेर क्षतिपूर्तिको माग गरेको आरोप लगाए । 'सानो गल्तीमा यसरी प्रहरीमा आउनु भनेको उहाँहरूले हामीले गरेको प्रगति देख्न नसकेर हो जस्तो हामीलाई लागेको छ,' उनले भने, 'लाइन बिस्तार गर्ने क्रममा विद्युत प्राधिकरणले हाम्रा पनि तारहरू काटेको छ तर हामीले इस्यु बनाएका छैनौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x