×

NMB BANK
NIC ASIA

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा पत्नी हाकिम छिन् भने पति मातहतका कर्मचारी । घरमा समान हैसियतका पतिपत्नीले कार्यालयमा मर्यादाक्रममा बस्नुपर्छ ।

Muktinath Bank

उपमहानगरपालिका कार्यालयमा लेखापालको रुपमा कार्यरत रहेका धिरेन्द्र झा उपप्रमुख रितादेवी मिश्रका पति हुन् । घरमा दुवै पनि पतिपत्नी भएपनि कार्यालयमा पति झाका लागि उपमेयर मिश्र हाकिम हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँ यस कार्यालयमा मेरो हाकिम साहेब हो, मैले उहाँको पदलाई मर्यादा गर्नुपर्छ,’ झाले भने, ‘यो मेरो पनि गौरवको विषय हो कि मैले आफ्नो पत्नीलाई कार्यालयमा हाकिम साहेबसरह नै मानमर्यादा दिन पाएको छु ।’


Advertisment
Nabil box
Kumari

एकै समयमा पतिपत्नी दुवै जना कार्यालय आउने गर्छन् तर पत्नी उपप्रमुख भएका कारण सरकारी ४ पांग्रे गाडी चढेर आउँछिन् भने पति लेखापाल निजी मोटरसाइकल चढेर आउँछन् । एकै कार्यालय र एकै समय भएपनि दुवै जना छुट्टाछुट्टै कार्यालय आउँछन् ।

Vianet communication
Laxmi Bank

कार्यालय समय सकिएपछि घर जाँदा समेत सँगै जाँदैनन् । ‘उहाँलाई सरकारी गाडीको सुविधा उपलब्ध छ, उहाँ त्यसमा आउनुहुन्छ तर म त एउटा सामान्य कर्मचारी भएकाले मैले आफ्नै निजी गाडीमा चढेर आउने गरेको छु,’ लेखापाल झाले भने, ‘बरु उपप्रमुखज्यूले १० बजेभन्दा कम्तिमा पनि १० मिनेट पहिले नै कार्यालय पुग्नुस् भनेर भन्नुहुन्छ ।’

लेखापाल झा हालसम्म उपमेयर पत्नीको सरकारी गाडीमा कहिल्यै नचढेको बताउँछन् । उपप्रमुख मिश्रको कार्यालय आउने–जाने समयको ठेगान हुँदैन तर लेखापाल झा भने १० बज्न १० मिनेट पहिल्यै र ५ बजेपछि मात्र कार्यालयबाट घर जाने गरेको बताउँछन् । कार्यालयमा दुवैको कार्यकक्ष फरक–फरक भएकाले खासै भेटघाट समेत नहुने लेखापाल झाले बताए ।

उपमहानगरको लेखाफाँटमा लेखापालको रुपमा धिरेन्द्र झा २०७६ साउन १ गते समायोजन भएर आएका छन् । तत्कालीन स्थानीय विकास मन्त्रालयबाट तलब खाने गरी २०४६ वैशाख १२ गते स्थानीय प्रशासन अनुदान अन्तर्गत सहलेखापालको रुपमा झाले जिल्ला विकास समिति धनुषामा नियुक्ति पाएका थिए । जिविसमा उनले सहलेखापालको रुपमा काम गरेको २१ वर्षपछि लेखापालमा बढुवा भएका थिए । 

संघीयता कार्यान्वयनका क्रममा साविकको जिविस जिल्ला समन्वय समितिमा रुपान्तरण भयो । त्यसपछि झालाई धनुषाकै हंसपुर नगरपालिकामा समायोजन गरेर समन्वय समितिले पठायो । त्यतिबेलै उनलाई जनकपुर पठाउन खोजिएको भएपनि उनी राजी भएनन् ।

‘त्यतिबेलाको हाकिम साहेबले जनकपुर उपमहानगर नै जानुस् भनेर पत्र समेत बनाइसक्नुभएको थियो,’ झाले भने, ‘तर एकै ठाउँमा दुवै जना बसे स्थानीयवासीले नराम्रो मान्लान् कि भनेर आइनँ ।’ कानूनमा पतिपत्नी एकै ठाउँमा बस्ने प्रावधान रहेको बताउँदा पनि तयार नभएको झाले बताए ।

उनी हंशपुर नगरपालिकामा जाँदा बस्ने कोठाको समेत अभाव थियो । त्यहाँका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कोठामा गएर बसेर समय बिताउनुपर्दा जनकपुर उपमहानगरमै आउन बाध्य भएको लेखापाल झाले बताए । ‘२०८० सालमा अवकाश पाउने नै हो, अब बुढेसकाल लाग्दै गर्दा जनकपुरमै ठीक छ भनेर आएको हुँ,’ उनले भने ।

राजनीतिमा आउन पतिको प्रेरणा

भनिन्छ पतिपत्नीको सफलतामा एकअर्काको हात हुन्छ । उपप्रमुख मिश्रको सफलताका पछाडि उनका पति झाको हात छ । झा पहिलेदेखि नै कर्मचारी थिए । उनकी पत्नी मिश्र गृहिणी भएर घरायसी काममै बसिरहन्थिन् । छोराछोरीलाई पढाउने काममा व्यस्त हुने गर्थिन् ।

२०६२/६३ सालको मधेश आन्दोलनका क्रममा घरघरमा घुसेर प्रहरीले महिलामाथि पनि दमन गर्न थालेपछि प्रतिवाद गर्दै सडकमा आइन् रिता । उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको अगुवाइमा भइरहेको आन्दोलनमा सहभागी भएकी थिइन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीमा आवद्ध हुँदै विभिन्न आन्दोलनमा सक्रिय रुपमा सहभागी मात्र भइनन्, अग्रपंक्तिमै रहेर नेतृत्व प्रदान गरिन् उनले । स्थानीय चुनाव हुनुभन्दा ठीक अगाडि राजपा नेपालले उनलाई जनकपुर उपमहानगरमा उपप्रमुखको टिकट दियो । उनी निर्वाचित भइन् ।

सबै काममा पति झाले भरपुर सहयोग गरेकै कारण राजनीतिमा स्थापित हुन पाएको उपप्रमुख मिश्र बताउँछिन् । ‘उहाँले राजनीतिमा आउन प्रेरित मात्र गर्नुभएन, पछाडिबाट हरसम्भव सहयोग पनि गर्दै आउनुभएको छ,’ उपप्रमुख मिश्रले भनिन्, ‘राजनीतिमा आएपछि घर व्यवहार चलाउन मुस्किल हुने गर्छ तर उहाँले सबै कुरा म्यानेज गर्नुभयो ।’

दुवैले जेठी छोरी प्रियंकालाई बीबीएसम्म पढाएर बिहे गरिसकेका छन् भने छोरा प्रिन्स एमबीए गरेर काठमाडौंमा कार्यरत छन् । कान्छो छोरा आशिषले इन्जिनियरिङको पढाइ भर्खरै सकेका छन् । उपप्रमुख भएपछि पत्नी मिश्रले नगरको विभिन्न समस्या समाधान गर्न बैठकमा समेत जानुपर्दा घरमा अलि समस्या भएपनि पारिवारिक जीवनमा कुनै पनि कठिनाइको सामना गर्नु नपरेको झाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x