यस अस्पतालका ३६ नर्स एकै वर्ष भए गर्भवती !

साउन २७, २०७६

काठमाडौं – अमेरिकाको मिसूरी राज्यमा रहेको चिल्ड्रेन मर्सी क्यान्सास सिटी अस्पतालमा ३६ जना नर्सहरू एकै वर्ष गर्भवती भएका छन् । 

एकैजसो समयमा गर्भवती भएका नर्सहरूमध्ये २० जनाले बच्चा जन्माइसकेका छन् । 


ADVERTISEMENT

अन्य नर्सले पनि सन् २०१९ को अन्त्यसम्ममा बच्चा जन्माइसक्ने अपेक्षा छ । अस्पतालले आफ्नो फेसबूक पेजमा नर्सहरूको सामूहिक तस्वीर पोस्ट गरेको छ । 

तस्वीरको क्याप्सनमा लेखिएको छ, ‘हाम्रो सघन उपचार नर्सरीका नर्सहरूले यहाँ आउने बच्चाहरूका लागि दिनरात बिताएका छन् । उनीहरू आफैं पनि गर्भवती थिए । यी तस्वीरहरू जुन महिनामा लिइएका थिए । यी नर्समध्ये

कतिपयका बच्चा जन्मिसकेका छन् भने केहीले बच्चा जन्माउन लागेका छन् । जन्मिएका २० बच्चामा दुईजना मात्र नानी छन्, अरू सबै बाबु हुन् ।’

नर्सहरूले एकअर्कालाई रेखदेख गर्ने र एकअर्काका बालबच्चालाई पनि रेखदेख गर्ने बताएका छन् ।

एजेन्सी

साउन २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस