×

NMB BANK
NIC ASIA

अग्रलेख

विरोध प्रदर्शन र हङ्‍कङ्‍को भविष्य

साउन २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हङ्‍कङ् अशान्त छ । विरोध प्रदर्शनको क्रम तेस्रो महिनामा प्रवेश गरेको छ । सामान्य जन-जीवन असामान्य हुँदै गएको छ । हङ्‍कङ्‌ भएर उड्ने हवाई सेवाहरू प्रभावित हुँदा त्यहाँको आर्थिक कठिनाइ झन् चर्किंदो छ; साथै अन्तर्राष्ट्रिय हवाइ-यात्रा गर्नेहरूलाई असुविधा भइरहेको छ । यसबीच, हङ्‍कङ् प्रशासन र प्रहरीले परिस्थितिलाई बढी हिंसात्मक हुन नदिन प्रयत्न गरिरहेका छन् । तैपनि स्थितिमा सुधार आउने सम्भावना क्षीण हुँदै गएको छ । र, चीनको साथै एसियाकै आर्थिक गतिविधिमा महत्त्वपूर्ण योगदान गर्दै आएको हङ्‍कङ्‌मा व्याप्त अशान्ति र असुरक्षाबाट बेइजिङ् चिन्तित हुनु स्वाभाविक हो ।

Sagarmatha Cement
Muktinath Bank

सन् १९९७ मा हङ्‍कङ् प्रदेश चीनमा फर्केपछि चीनले बेलाइतसमक्ष एक-देश-दुई-प्रणाली-को नीति अपनाउने प्रतिबद्धता जनाएको थियो । १५० वर्षको करारमा त्यस मितिसम्म हङ्‍कङ्‌को प्रशासन चलाइ आएको बेलाइतले त्यहाँका जनताको प्रजातान्त्रिक मूल्य-मान्यताको कदर गर्दै त्यस व्यवस्थालाई कम्तीमा ५० वर्ष (सन् २०४७ सम्म) यथावत् राख्न चीनलाई राजी गराएको हो । चीनले यस सहमतिको पालना नै गर्दैआएको छ । तर केही वर्षयता हङ्‍कङ्का बासिन्दामा (विशेष गरेर युवापुस्तामा) सिधा चीनको प्रशासन मातहत रहनुपर्ने समय निकट आएको देखी एकप्रकारको छटपटाहट उत्पन्न भएको छ । त्यसै क्रममा, हङ्‍कङ्‌मा हुने कुनै-कुनै अपराध/दुष्कार्यको कारवाही गर्नुपरे अभियुक्तलाई चीन प्रत्त्यर्पण गर्ने ऐन तर्जुमा गर्न लागिएको विषयलाई लिएर विरोध थालिएको हो । तर त्यस्तो प्रस्ताव स्थगित भएपछि विरोधको श्रृङ्खला थामिनु पर्ने हो; तर थामिएन । उल्टो, स्वतन्त्रता र लोकतन्त्रको माग समेत थपेर आन्दोलन चर्काइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले यतिञ्जेल स्थानीय प्रशासनबाटै हङ्‍कङ्‌मा शान्ति सुरक्षा कायम हुने अपेक्षा राखी तदनुरूपका संयमित वक्तव्य मात्र जारी गर्दै आएको छ । तर विस्तार-विस्तार बेइजिङ् चालू आन्दोलनमा विदेशी संलग्नता (खास गरेर अमेरिकी र अन्य पश्चिमा देशको उक्साहट) रहेको र त्यो अवाञ्छित गतिविधि बढ्ने क्रममा देखिएको कुराले सजग हुन खोजेको छ । हङ्‍कङ्‌स्थित् अमेरिकी महावाणीज्य दूतावासका कूटनीतिक कर्मचारी प्रदर्शनकारीहरूलाई उक्साउने गतिविधिमा लागेको विषय प्रेस-चर्चामा आएपछि बेइजिङ् सशंकित भएको हो । यस्तो परिबन्दमा परेको चीनले आफ्नो भू-भागमा सुरक्षा व्यवस्था कायम गर्न सेना नै परिचालन गर्नेसम्मका सङ्केत सञ्चारमाध्यममा प्रवाहित छन् । तसर्थ चीनले अव्यवस्था र पृथक्तावादी कृयाकलापमा नियन्त्रण गर्न सुरक्षाका कठोर उपाय अपनाएछ भने त्यो अनर्थ मानिने छैन । र, त्यसो भयो भने त्यसको जिम्मेवार विरोध प्रदर्शनमा लागेकाहरू नै हुनेछन् ।


Advertisment
Nabil box
Kumari

भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएको स्थिति जस्तो हुने हो प्रदर्शनकारीहरूको अवस्था त्यस्तै हुनेछ । यसरी हिंसात्मक गतिविधिमा लागेका थोरै मानिसहरूको ज्यादतीले निम्त्याउने कठोर कारवाहीको असर भने हङ्‍कङ्‌का बहुसंख्यक बासिन्दाले समेत सामना गर्नुपर्नेछ । त्यसैले त्यस्तो दु:खद् परिस्थिति आउन नदिन बेइजिङ्बाट पर्याप्त सावधानी अपनाइने अपेक्षा गरिएको हो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x