पोखराको फर्निचर पसलमा आगलागी

साउन २८, २०७६

पोखरा – पोखराको न्यूरोडस्थित फर्निचर पसलमा आगलागी भएको छ ।

मंगलवार अपराह्न ४ बजेतिर न्यूरोडको नवदूर्गा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


ADVERTISEMENT

पोखराको भाटभटेनी सुपरमार्केट नजिकै रहेको फर्निचर पसलमा भएको आगलागी आसपासका अन्य पसलमा समेत फैलिएको छ । आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

फर्निचर पसलसहित आगलागी पर्दा र कपडा पसलमा समेत सरेको छ । आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

साउन २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार