कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
साउन २९, २०७६
बुटवल – ५ नम्बर प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सेवासुविधा लिन पाउने भएका छन् । यसअघि प्रदेशसभाले पारित गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ संशोधन गरी राज्यकोषबाट दोहोरो सुविधा पाउने व्यवस्था गर्न लागेको हो ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा एउटा मात्रै सुविधा पाउने उल्लेख छ । सरकारले संशोधन गर्न लागेको विधेयकको चौतर्फी विरोध भइरहेको छ ।
पेन्सन र सामाजिक सुरक्षा भत्ता खाइरहेका सेवानिवृत्त कर्मचारी, शिक्षक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई ऐन संशोधन गरी सरकारले दोहोरो सुविधा दिन लागेको हो । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई दोहोरो सुविधा दिएको राम्रो मानिँदैन । स्थानीय तहका जनप्रतिनिधिको चर्को दबाबपछि सरकारले दोहोरो सुविधा लिन ऐन नै संशोधन गरेर बाटो खुला गरिदिएको स्रोतको दाबी छ ।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले भने, ‘जनप्रतिधिहरूले पाउन सेवासुविधा तलब होइन । उहाँहरूले पहिले पाउँदै आएको सुविधा सेवा गरेबापत हो । उहाँहरूले एउटा सेवा कटौती गर्दा उहाँहरूको अधिकार हनन् हुने देखियो । त्यसैले ऐन संशोधन गरी दुवै सेवा सुविधा पाउने व्यवस्था गर्न लागेका हौं ।’
प्रदेशका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षदेखि वडा सदस्यले समेत मासिक तलबभत्ता पाउँदै आएका छन् । यसअघि गण्डकी प्रदेशले पनि विधेयक संशोधन गरी दोहोरो सेवासुविधा दिलाउन ऐन संशोधनका लागि प्रदेशसभा पठाइसकेको छ । स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन ऐन नै संशोधन गरेर बाटो खुला गरिदिन सरकार लागेको हो । ५ नम्बर प्रदेशमा १ सय ९ स्थानीय तह छन् । ऐन कार्यान्वनमा आएको १ वर्ष मात्र भएको छ ।
‘उहाँहरूले खाइपाई आएको सेवा सुविधा कटौती गर्नु उहाँहरूको अधिकार हनन् गर्नु सरह हो । मानवअधिकारका हिसावले पनि उहाँहरूलाई यो सेवा रोक्नु हुँदैन भन्ने हो,’ मन्त्री चौधरीले भने ।
स्थानीय शासनका जानकार डा. खिमलाल देवकोटाले जनप्रतिनिधि सुविधाभोगी बन्दै गएको बताए । ‘संघीयताप्रति जनताको ठूलो आशा र भरोसा छ । जनताले चाहेको चुस्त प्रशासन हो तर यहाँ जनप्रतिनिधिहरू सुविधाभोगी बन्दै गए । जनप्रतिनिधिहरू मनकारी बन्नुपर्ने थियो,’ उनले भने ।
विकास–निर्माणका काम अपेक्षाकृत हुन नसकेको र जनप्रतिनिधिहरू आफ्नो सेवासुविधामा मात्र केन्द्रित भएको आरोप बेलाबेला लागिरहन्छ । प्रदेश सरकारले दोहोरो सुविधाको प्रावधान ल्याउँदा चालू खर्च अझ बढ्ने छ । ऐन संशोधन भए जनप्रतिनिधि अझ सुविधाभोगी हुनेछन् ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जनप्रतिनिधिले दोहोरो सुविधा लिन खोज्न नैतिकताका हिसाबले राम्रो नभएको बताए । ‘विश्वका धेरै देशमा जनप्रतिनिधिले दोहोरो सुविधा लिँदैनन् । यहाँका जनप्रतिनिधिले दोहोरो सुविधा लिन खोज्नु विवेकपूर्ण छैन,’ उनले भने ।
कति छ जनप्रतिनिधिको तलब ?
प्रदेशमा जिल्ला समन्वय समितिका संयोजकको ४१ हजार, उपमहानगरपालिकाका प्रमुुखको ४० हजार, उपप्रमुुखको ३६ हजार मासिक तलब रहेको छ । नगरपालिका प्रमुुखको ३५ हजार, उपप्रमुुखको ३० हजार, वडाध्यक्षको २५ हजार रुपैयाँ रहेको छ ।
सीप विकास तालिम केन्द्रका कर्मचारीलाई बाइबाई !
व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका अस्थायी र करार कर्मचारीलाई प्रदेश सरकारले हटाउने भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र बाँके, दाङ तथा रोजगार सूचना केन्द्र बुटवलमा अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीको सेवा अन्त्य गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।
‘३ वटै कार्यालयको प्रतिफल राम्रो देखिएन,’ चौधरीले भने, ‘त्यहाँ कार्यरत अस्थायी र करारका कर्मचारीलाई भुक्तानी दिएर बिदाइ गर्दैछौं । ती कार्यालयलाई नयाँ ढंगबाट प्रदेश सरकारले डिप्लोमा लेवलसम्मका सीप सिकाउने गरी नयाँ व्यवस्थापनका साथ स्थायी कर्मचारी ल्याएर व्यवस्थित रुपमा सञ्चालन गर्छ ।’
कार्यरत कर्मचारीलाई रकम दिएर बिदा गर्दा प्रदेश सरकारले १ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । भदौ १ गतेदेखि ३ वटै कार्यालयका कर्मचारीलाई अवकाश दिइने छ ।
कपिलवस्तुको शद्धोधन गाउँपालिकाको साविक केन्द्रलाई परिवर्तन गरी गाउँपालिका वडा नम्बर–२ ठूलोनन्दन तोक्न आएको प्रस्ताव केन्द्रमा पठाइएको छ । हाल गाउँपालिकाको केन्द्र वडा नम्बर–३ लवनी बजारमा छ ।
लोक सेवा आयोगको कार्यालय बुटवल
प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय बुटवलमा तोकेको छ । लोक सेवा आयोगको कार्यालय पनि मन्त्रिपरिषद् बैठकले बुटवलमा मुकाम तोकेको छ । हाटबजारस्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको नजिकै रहेको भवनमा लोक सेवा आयोगको कार्यालय तोकेको हो तर प्रदेशको स्थायी राजधानी भने हालसम्म तोकिएको छैन ।
लोक सेवा आयोगका अध्यक्ष प्राध्यापक डिल्लीराज भट्टराईले मंगलवार पद तथा गोपनीयताको शपथ गरी कार्यभार सम्हालेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्र, सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश विश्वविश्वविद्यालय स्थापना र प्रदेश उच्च शिक्षासम्बन्धी नियमन गर्न बनेको उच्च शिक्षा नीति सम्बन्धी विधेयकको अवधारणालाई पनि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...