×

NMB BANK
NIC ASIA

खसीबोका आयातमा ४८ प्रतिशतले कमी

साउन ३०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बाँके- नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव २०७४/०७५ मा एक लाख ४४ हजार १७२ वटा खसीबोका भारतबाट आयात भएका थिए ।

Muktinath Bank

सीमानाका जमुनाहामा रहेको पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार दोस्रोमा सुँगुर, बङ्गुर आयात भएको छ । आव २०७४/०७५ मा आठ हजार ७७१ वटा सुँगुर, बङ्गुर आयात भएकोमा आव २०७५/०७६ मा आयात दर घटेर दुई हजार २१ वटा सुँगुर, बङ्गुर आयात भएको चेकपोष्ट प्रमुख रामसेवक त्रिपाठीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिपाठीका अनुसार, गत आवको फागुनसम्म ६९ हजार २४८ वटा खसीबोका, दुई हजार २१ सुँगुर, बङ्गुर, एक हजार १३० घोडा, खच्चड र ७१३ गोटा राँगा, भैँसी आयात भएका छन् । “काठमाडौँ, पोखरालगायतका शहरमा लैजान नेपालगञ्ज नाकाबाट खसीबोका आयात हुने गरेको थियो”, उनले भने । 


Advertisment
Nabil box
Kumari

भारतबाट आयात हुने पशुचौपाया निरोगी भएको प्रमाण पेश गर्नुपर्ने नियम लागू भएपछि यस नाकाबाट पशुचौपाया आयात हुने क्रम घटेको उनको भनाइ छ । आव २०७४/०७५ मा एक लाख ५४ हजार ९५४ वटा अन्य पशुचौपाया आयात भएकोमा आव २०७५/०७६ मा ७३ हजार २०२ वटा पशुचौपाया मात्र आयात भएको उनले बताए । 

Vianet communication
Laxmi Bank

स्वास्थ्य जाँच गराउन नयाँदिल्ली वा कलकत्ता जानुपर्ने भएपछि भारतबाट पशुचौपाया आयातमा कमी आएको उनको भनाइ छ । त्यस्तै आव २०७४/०७५ मा ७६८ मेट्रिक टन दूध र २४ हजार २२१ मेट्रिक टन खाने माछा आयात भएकोमा आव २०७५/०७६ मा १७९ मेट्रिक टन दूध र ३३१ मेट्रिक टन माछा आयात भएको चेकपोष्टको तथ्याङ्कले देखाएको छ ।

“स्वास्थ्य जाँच गराएर मात्र माछा ल्याउन दिने नियममा कडाइ गरिएपछि माछा आयातमा पनि कमी आएको छ”, त्रिपाठीले भने । खसीलगायत पशुचौपाया आयात गर्ने व्यापारीले सम्बन्धित देशबाट पशुचौपायाको स्वास्थ्य जाँच गरेको प्रमाणपत्र ल्याउनुपर्ने नियम लागू गरेपछि भारतबाट पशुचौपाया कम आयात हुन थालेको उनको भनाइ थियो । 

उनले भने,“नाफाभन्दा झन्झट धेरै हुने भएपछि पशुचौपाया आयात ह्वात्तै घटेको छ ।” जुन देशबाट आयात गर्ने हो सोही देशको क्वारेन्टाइनबाट पशु स्वास्थ्य जाँचको प्रमाणपत्र ल्याउनुपर्ने नीति विसं २०५५ मा बने पनि पशु क्वारेन्टाइन चेकपोष्टले गत चैतदेखि मात्र यो नियम कडाइका साथ लागू गरेको छ । 

पशु सेवा विभागको निर्देशनमा भारतबाट निकासी हुने पशुको स्वास्थ्य जाँच प्रमाणपत्र अनिवार्य गरेको त्रिपाठीले बताए । “आजभन्दा २१ वर्षअघि नै नीति आए पनि हालसम्म कडाइ गरिएको थिएन”, उनले भने,“अहिले आएर कडाइका साथ नीति कार्यान्वयन गर्ने आदेश आएपछि सोहीबमोजिम हामीले काम गरेका हौँ ।” चैतदेखि असार मसान्तसम्म ९० वटा खसीबोकाबाहेक अन्य कुनै पशुचौपाया आयात नभएको उनले बताए । पशुको स्वास्थ्य जाँच भएको प्रमाणपत्र बुझाउनुपर्ने नियममा कडाइ गरिएपछि नेपालगञ्ज नाकाबाट पशुचौपाया आयातमा कमी आएको क्वारेन्टाइन प्रमुख त्रिपाठीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x