विराट कोहलीले बनाए ४३औं शतक, तोडे कीर्तिमान

साउन ३०, २०७६

काठमाडौं – भारतीय क्रिकेट टीमले बुधवार सम्पन्न तेस्रो एकदिवसीयमा वेस्ट इन्डिजलाई ६ विकेटले हराएर शृंखला २–० ले जितेको छ । 

पोर्ट अफ स्पेनमा वर्षाले अवरोध गरेको खेलमा वेस्ट इन्डिजले ३५ ओभरमा सात विकेट गुमाएर २४० रन बनाएको थियो । जवाफमा भारतीय टीमलाई डकवर्थ लुइस नियमअन्तर्गत २५५ रनको लक्ष्य प्राप्त भयो । 


ADVERTISEMENT

भारतले ३२.३ ओभरमा चार विकेटको क्षतिमा २५६ रन बनाउँदै ६ विकेटले खेल जित्यो । 

कप्तान विराट कोहलीले ९९ बलमा १४ चौकाको सहायताले नटआउट ११४ रन बनाए । श्रेयस अय्यरले ४१ ब्लमा ६५ रन बनाए ।

विराट कोहीले वेस्ट इन्डिजविरुद्ध एकदिवसीयमा नवौं शतक प्रहार गरे । कुनै एक टीमविरुद्ध एकदिवसीयमा सबभन्दा बढी शतक हान्ने सचिन तेन्दुलकरको कीर्तिमानको बराबरी उनले गरे । सचिनले अस्ट्रेलियाविरुद्ध ७० इनिङमा नौ शतक बनाएका थिए । विराटले जम्मा ३५ इनिङमै नौ शतक प्रहार गरेका हुन् । 

एकदिवसीयमा कप्तानका रूपमा विराट कोहलीको यो २१औं शतक थियो । यसमा उनी दोस्रो स्थानमा छन् । अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले २२० इनिङमा २२ शतक प्रहार गरेका थिए भने विराटले ७६ इनिङमा नै २१ शतक हानिसकेका छन् । 

क्यारिबीयन भूमिमा सबभन्दा बढी चार शतक र लगातार तीन शतकको कीर्तिमान पनि विराटले बनाएका छन् ।

एजेन्सी


 

साउन ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस