मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब २२ करोड

फाइल फोटो
साउन ३०, २०७६

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ सम्ममा ४६ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन र ३७ अर्ब ९५ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा १ अर्ब २२ करोड रुपैयाँ गरेको छ ।

विकास बैंकको माझमा विकास बैंकको उत्साहजनक वृद्धि र उत्कृष्ट प्रतिफल रहेको जनाएको छ । बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले वृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।


ADVERTISEMENT

बैंकको निष्क्रिय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रतिशेयर आम्दानी २७.८४ रुपैयाँ रहेको छ । बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै सञ्चालन मुनाफा १ अर्ब २२ करोड रुपैयाँ गरी निक्षेप र कर्जातर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । 

गत वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आगामी वर्षमा थप सेवा सुविधा वृद्धि गर्दै लैजाने बैंकले लक्ष्य लिएको छ । हाल बैंकले ११८ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ र साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको समेत बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

साउन ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस