वडाध्यक्षलाई कार्यकक्षमै कालोमोसो र जुत्ताको माला !

साउन ३०, २०७६

काठमाडौं – म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाइएको छ ।

भ्रष्टाचार र अनियमितता गरेको भन्दै केही युवाले कालोमोसो लगाएको भागेको वडा सदस्य चन्द्रबहादुर कुँवरले बताए । बिहीवार बिहान ८–९ बजेतिर वडा कार्यालय ज्यामरुककोटमा घटना भएको हो ।


ADVERTISEMENT

‘३–४ जना आएर कालोमोसो लगाएर गएछन्, मोबाइल पनि लिएर गए,’ सदस्य कुँवरले भने, ‘विप्लवका मान्छे भन्ने कुरा छ, को हो के हो थाहा भएन ।’

वडा सचिव राजाराम शर्माले प्रहरीलाई घटनाबारे जानकारी भइसकेको बताए । ‘डीएसपी सा’पको टीम आएर घटनाबारे बुझेर गएका छन्,’ उनले भने ।

साउन ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस