×

NMB BANK
NIC ASIA

अदालतबाट ६९ दशमलव ११ प्रतिशत मुद्दा फर्छ्योट

साउन ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – मोरङ जिल्ला अदालतमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फर्छ्योट भएको छ  ।

Muktinath Bank

आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएको छ हजार ५८१ मुद्दामध्ये चार हजार ५४८ फर्छ्योट भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । फर्छ्योट हुन बाँकी रहेका दुई हजार ३३ मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आर्थिक वर्षमा दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाहसम्बन्धी दर्ता भएका ५९ मुद्दामध्ये ३०, अंशवण्डका एक हजार ४०० मुद्दाममध्ये ९३५, अपुतालीका १५ मुद्दामध्ये १३ र सम्पत्तिसम्बन्धी एक हजार ७१० मुद्दामध्ये एक हजार १५८ फर्छ्योट भएको थियो ।


Advertisment
Nabil box
Kumari

यसैगरी, सोही अवधिमा करार तथा अन्य दायित्वका ५२ मुद्दामध्ये ३८, विविध देवानीका २८ मुद्दामध्ये १३, विवाहसम्बन्धी कसुरअन्तर्गत ३४ मुद्दामध्ये २७ मुद्दा फर्छ्योट भएको सूचना अधिकारी पौडेलले बताए ।

Vianet communication
Laxmi Bank

यस्तै सो अवधिमा ज्यानसम्बन्धी कसुरका १२९ मध्ये ७७, कुटपिट वा अङ्गभङ्गसम्बन्धी कसूरअन्तर्गत पाँचमध्ये एक, अपहरणसम्बन्धी कसुरअन्तर्गत छ मध्य एक, जबर्जस्ती कारणीका ५० मध्ये ३०, हाडनाता करणीका पाँचमध्ये तीन, जबर्जस्ती करणी उद्योगका ८३ मध्ये ४६, चोरी तथा डाँका कसूरका ९० मध्ये ७१, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरअन्तर्गतका ४२५ मध्ये २६८, मानव बेचबिखनसम्बन्धी नौमध्ये दुई मुद्दाको फर्छ्योट भएको जिल्ला अदालतले जनाएको छ । 

यसैगरी लागुऔषध कसूरअन्तर्गतका २५२ मध्ये २१०, चन्दासम्बन्धी कसूरका तीन मध्ये एक, सवारी ज्यान वा अङ्गभङ्ग वा घाइते भएको कसुरका १९४ मध्ये १४७, जुवासम्बन्धी कसूरका नौ मध्ये नौ, वनस्पतिसम्बन्धी कसूरका तीन मध्ये एक, राजश्वसम्बन्धी नौ मध्ये छ, वन्यजन्तुसम्बन्धी कसूरका चारमध्ये एक, विदेशी विनियमसम्बन्धी सात मध्ये सात, साइवर अपराधका एक मध्ये एक, आगो लगाएको कसूरका पाँच मध्ये पाँच तथा अदालतको अपहेलनातका १८ मध्ये १० मुद्दा सो अवधिमा फर्छ्योट भएको अदालतले जनाएको छ ।

साथै, सो अवधिमा अदालतले रु सात करोड ७५ लाख ४५ हजार १७६ जरिवना असुल गरी दुई हजार ३८८ वर्ष १० महीना पाँच दिन कैद भुक्तान गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x