×

NMB BANK
NIC ASIA

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

साउन ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इन्डोनेसिया– इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उहाँले आफ्नो प्रस्तावमा समर्थन जनाउन आम जनतासँग आग्रह पनि गरे । उनले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर ज्यादै भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति विडोडोले कुनै पनि मुलुकका लागि राजधानी शहर राष्ट्रिय पहिचानको प्रतीक मात्र नभएर मुलुकको प्रगतिको सूचक पनि हुने गरेको बताए । “मुलुकको राजधानी अब बोर्नियो द्वीपमा सारौं । यसमा आम इन्डोनेसियाली जनताको समर्थन र आशिर्वाद चाहन्छु ।” उनले भने । 


Advertisment
Nabil box
Kumari

उनले बोर्नियोमा राजधानी सार्ने कार्यले समानता र आर्थिक न्याय पनि प्रदर्शित गर्ने बताउँदै यो अग्रगमनमा रहेको इन्डोनेसियाको दूरदृष्टि भएको बताए । 

Vianet communication
Laxmi Bank

बोर्नियो द्वीपमा नयाँ राजधानी शहर बसाउने बारेमा दशौं वर्षदेखि योजना अघि बढिरहेको छ । राष्ट्रपति विडोडोले गत अप्रिलमा जकार्ताबाट जाभा द्वीपमा स्थानान्तरण गर्नेगरी एक योजनालाई स्वीकृत गरेका थिए । तर उनले बोर्नियो द्वीपको कुन स्थानमा नयाँ राजधानी शहर राख्ने भन्ने बारेमा खुलाएका छैनन् ।

एसियाकै ठूलो शहर मानिने जकार्ता पछिल्ला वर्षमा चौतर्फी अव्यवस्थाबाट गुज्रिरहेको छ । बाढीले हरेक वर्ष जलमग्न हुने जकार्ताको भूमिगत पानी अत्यन्त प्रदूषित छ भने नदी प्रणाली व्यापक फोहोर छ । जकार्ताको अव्यवस्थाका कारण उत्पन्न समस्याका कारण अर्थतन्त्रमा करिब ६ अर्ब अमेरिकी डलर नोक्सान भइरहेको छ । 

गत महिना राष्ट्रपति विडोडोले एपीलाई दिएको अन्तर्वार्तामा पनि उनले नयाँ स्थानमा राजधानी बनाउने बताएका छन् ।  यो ठाउँ जाभा द्वीपभन्दा बाहिर हुने उहाँको भनाई थियो । हाल जकार्ता जाभा द्वीपमा रहेको छ ।

उनले भने,“हामी अलग्गै राजधानी होस् भन्ने चाहन्छौं, र जकार्तालाई व्यवसाय तथा आर्थिक केन्द्रका रुपमा स्थापित गर्न चाहन्छौं । हामी जाभामा सबै रकम केन्द्रित नहोस् भन्ने चाहन्छौं । मुलुकको स्रोतसाधन अन्यत्र पनि विस्तार होस् भन्ने हाम्रो योजना छ ।”

विकास योजना मन्त्री बामबाङ ब्रोजोनेगोरोले नयाँ राजधानीका लागि करिब ३० हजार देखि ४० हजार हेक्टर जमिन आवश्यक पर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x