कात्तिक १९, २०८०
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
काठमाडौं – नायिका नम्रता श्रेष्ठले चलचित्र नचल्नुमा निर्माण पक्षलाई दोष दिएकी छिन् ।
चलचित्रको निर्माण नै फितलो भइदिँदा यस्तो समस्या आएको उनको बुझाइ छ । पछिल्लो समय एकपछि अर्को चलचित्र असफल हुनुको कारण निर्माण पक्ष रहेको नम्रताले बताइन् ।
‘चलचित्र निर्माण गर्ने युनिट बलियो भयो भने यस्तो समस्या आउँदैन,’ पोखरामा चलचित्र पत्रकार संघ कास्कीले गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नम्रताले भनिन् । नम्रताका अनुसार अहिले कतिपय चलचित्र ‘रिसर्च’ विना बनिरहेका छन् ।
दर्शकले चाहेकोजस्तो चलचित्र निर्माण नभएको उनले बताइन् । भदौ ६ गते शुक्रवारबाट अल नेपाल रिलिज हुँदै गरेको नम्रता मुख्य अभिनित चलचित्र जाइराको प्रचारप्रसारका लागि पोखरा आएकी उनले आफ्नो फिल्म भने दर्शकको चाहना अनुसारको रहेको दाबी गरिन् ।
मिक्स मार्सल आर्ट भूमिकामा नारी प्रधान कथामा आधारित चलचित्रमा महिलाको आरोह–अवरोहलाई प्रस्तुत गरिएको उनले बताइन् ।
चलचित्रका लागि नम्रताले ८ महिनाको मार्सल आर्ट तालिम समेत लिएकी छिन् । चलचित्र जाइरामा नम्रता मार्सल आर्ट खेल्ने केटीको भूमिकामा देखा परेकी छिन् ।
‘जाइराको शुरूमा उनलाई अफर आउँदा सक्दिनँ कि जस्तो लागेको थियो । निर्देशक आशुतोषराज श्रेष्ठले मेरै लागि चलचित्रको कथा तयार पारेका रहेछन् । कथाको स्क्रिप्ट पढदै जाँदा मनपर्यो अनि तयार भए,’ उनले भनिन् ।
साथीहरूबाट एक्सन चलचित्र नगरे हुन्छ भन्ने प्रतिक्रिया आउँदा पनि नम्रता पछि हटिनन् । जाइरामा नम्रता लिड रोलमा छिन् । अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सुजता श्रेष्ठ र सम्राट मगर लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा सम्राट नम्रताको गुरुको रुपमा प्रस्तुत भएका छन् ।
नम्रतालाई मार्सल आर्टसँगै फिटनेस बनाउने भूमिकामा पनि छिन् । आफू व्यावसायिक जीवनमा पनि फिटनेस ट्रेनर भएकाले चलचित्रमा अभिनय गराउन सरल भएको सम्राटले बताए । ‘मेरो रियल लाइफ क्यारेक्टरलाई चलचित्रमा प्रस्तुत गरिएको छ,’ उनले भने । नम्रतालाई चलचित्रका लागि ट्रेनिङ गराउँदा शुरूमा साह्रै गाह्रो भएको किस्सा उनले सुनाए ।
‘महिलालाई फिटनेस ट्रेनिङ गराउन साह्रै गाह्रो हुनेरहेछ,’ उनले भने, ‘शुरूमा मलाई लागेको थिएन नम्रताले गर्न सक्लिन् भनेर तर पछि उनमा निखारपन आउँदै गयो ।’
चलचित्रमा नम्रताको भूमिका प्रशंसा गर्ने लायक रहेको उनको भनाई थियो । चलचित्र हेरेर मात्र प्रतिक्रिया दिन उनले दर्शकलाई आग्रह गरे । कलाकार प्रमोद अग्रहरीले जाइरामा आफ्नो नेगेटिभ भूमिका रहेको बताए । आफूले चलचित्रमा निर्देशकको इमेज अनुसारको काम गरेको उनले सुनाए ।
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...