सप्तरीमा नगरपालिकाको जीप दुर्घटना, बुटवलका पत्रकारको मृत्यु

प्रतिकात्मक तस्वीर
साउन ३२, २०७६

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप सप्तरीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


ADVERTISEMENT

मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१६च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका प्रहरी असई सचितानन्द यादवले बताए । 

उनका अनुसार जीपमा सवार अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

साउन ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस