×

NMB BANK
NIC ASIA

रविलाई सोधपुछ हुँदैछ, निर्दोष भए फसाउने कुरै हुन्न : मन्त्री ज्ञवाली

साउन ३२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने कानूनभन्दा माथि नभएको बताउँदै निर्दाेष भए कसैलाई नफसाइने स्पष्ट पारेका छन् ।

Muktinath Bank

शनिवार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लामिछानेलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मरेको मानिसले कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको हो,’ मन्त्री ज्ञवालीले भने, ‘कानूनभन्दा माथि रविजी पक्कै  हुनुहुन्न, सोधपुछ हुँदैछ, निर्दोष भए फसाउने कुरै हुन्न । दोषी ठहरिए कानून अनुसार कारवाही हुन्छ ।’


Advertisment
Nabil box
Kumari

उनले पत्रकार रवि लामिछाने लगायतले आत्महत्या गर्न बाध्य पारेको भनि लगाएको आरोपबारेको भिडियो शंकास्पद रहेको समेत बताए । ‘त्यो भिडियो आफैंमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एकआपसमा बाँझिएको छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

मन्त्री ज्ञवालीले बालुवाटारको जग्गा खोजी गर्ने काम सरकारले गरेको स्पष्ट पारेका छन् । अख्तियारले अनुसन्धान गरिरहेको भन्दै मन्त्री ज्ञवालीले दोषी जो भएपनि कारवाही हुने प्रतिवद्धता जनाए । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसा भड्काएर नांगो रुप देखाएको मन्त्री ज्ञवालीले आरोप लगाए । ‘हामी विप्लव समूहको हिंसालाई नांगो रुप भन्छौं, नख्खुमा एनसेलको टावर विस्फोट गराउँदा निर्दोष बटुवाको ज्यान लिइयो,’ उनले भने, ‘काठमाडौमै ग्याँस सिलिन्डर विस्फोट भएर आफ्नै ५ जना कार्यकर्ताको ज्यान गयो, कैलालीमा पनि बम बोकेका आफ्नै कार्यकर्ता मारिए त्यसरी जनताका छोराछोरीको ज्यान लिन पाइन्छ ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x