×

NMB BANK
NIC ASIA

गाउँमा उद्यम

ऊनका खानी भेडा बने बलिका व्यापार, विदेशी कम्बलले बिगार्‍यो बजार

साउन ३२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – धनुषामा भेडापालन व्यवसायमा निकै कमी आएको छ । जिल्लाका ३ गाउँमा मात्र अब व्यावसायिक रुपमा केही मानिसले भेडापालन गर्दै आएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पुख्र्याैली पेशाको रुपमा भेडीहर समुदायका मानिसले मात्र भेडापालनलाई निरन्तरता दिँदै आएका छन् । १० वर्षअघि धनुषाको नेमुवाटोल, धबौली, हंशपुर, मल्हनीया, सुगा मधुकर्ही, झटियाही, पर्साही, सबैला, राधापुर लगायत गाउँमा भेडीहर समुदायले उल्लेख्य संख्यामा भेडापालन गर्दै आएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल धनुषामा करीब ५ सयजति मात्र भेडापालन हुने गरेको भेडापालक नरेश पालले बताए । उनका अनुसार धनुषामा मल्हनिया, झटियाही र सबैलामा मात्र भेडापालन हुने गरेको छ । धनुषाको हंशपुर नगरपालिकाको मल्हनियामा ३ जना दाजुभाइले पुर्ख्यौली पेशा भन्दै निरन्तरता दिएका छन् । नरेश पाल, सुरेश पाल र सरोज पाल ३ जना दाजुभाइले आफ्नो पुर्ख्यौली पेशा भन्दै भेडापालन व्यवसायलाई निरन्तरता दिँदै आएका छन् । नरेशसँग १ सय, सुरेशसँग १ सय र सरोजसँग १ सय ५० वटा भेडा छन् । 


Advertisment
Nabil box
Kumari

भेडापालनका लागि आवश्यक पर्ने चर्बाह (कामदार) नै नपाउँदा भेडापालनमा समस्या भइरहेको नरेशले बताए । ‘भेडा चराउनका लागि गाउँघरमा कामदार नै पाइँदैनन्, सबै मानिस वैदेशिक रोजगारीमा नै जान चाहन्छन्,’ नरेशले भने, ‘त्यसैले पनि भेडापालनमा समस्या आएको छ ।’

Vianet communication
Laxmi Bank

नरेशले १ सय भेडा पाल्नका लागि २ जना कामदार राखेका छन् । वर्षमा उनीहरूलाई ज्यालावापत ३ लाख रुपैयाँ दिने गरिएको छ । सबै खर्च कटाएर वार्षिक ५ लाख रुपैयाँसम्म भेडापालनबाट आम्दानी हुने गरेको नरेशले बताए । ‘पहिले–पहिले भेडाको ऊन पनि अत्याधिक बिक्री हुन्थ्यो तर अब भेडाको रुइको बिक्री नै हुने गरेको छैन । पहिले ऊनको स्वेटर बनाउन तथा कम्बल बनाउनका लागि व्यापारीले रुइ किन्ने गर्थे,’ भेडापालक सुरेशले भने, ‘अब विदेशबाट नै सबै मानिसले ब्ल्यांकेट किनेर ल्याउने गरेका छन्, त्यसैले उनको बिक्री नै हुँदैन । १ सय भेडाबाट वर्षमा ५ क्विन्टल जतिसम्म रुइ हुन्थ्यो । १ सय रुपैयाँ प्रतिकिलो रुइ अहिले पनि बिक्री हुन्छ तर त्यसको माग नै बजारमा छैन ।’

भेडा बिक्रीबाट नै मुख्य रुपमा आम्दानी हुने गरेको नरेशले बताए । उनका अनुसार भाकल गरिएका मानिसले बलि प्रदानका लागि किन्ने भेडा १५ देखि २० हजार रुपैयाँसम्म बिक्री हुने गरेका छन् । सामान्य भेडी ५ हजार रुपैयाँसम्म मात्र बिक्री हुने गरेका छन् । मासुका लागि समेत भेडा बिक्री हुने गरेका छन् ।

भेडापालन गर्दा मल खेतमा प्रयोग हुने गर्छ । ‘मल त हामीले बिक्री गर्दैनौं, आफ्नै खेतमा प्रयोग गर्छौं,’ नरेशले भने, ‘भेडाको मल प्रयोग गर्दा रासायनिक मल किन्नु पर्दैन, खेती पनि राम्रो हुने गरेको छ ।’

रोगको जोखिम 

भेडापालनमा सबैभन्दा बढी जोखिम भनेकै भेडालाई लाग्ने रोग हो । भेडामा सरुवा रोग हुन्छ । एउटा भेडालाई रोग लाग्यो भने अर्को भेडामा पनि रोग सर्ने गर्छ ।

खुट्टामा घाउ हुने, मुखमा घाउ हुने पीपीआर नामक रोग, छाला टाइट हुने, लुतो रोग लाग्ने गर्दा आधाजति भेडा मर्ने गरेको नरेशले बताए । भेडालाई लुतो र आभा रोग बढीजसो लाग्ने गर्छ ।

सरुवा रोग लाग्नबाट बचाउनका लागि भेडापालकले खोप पनि लगाउने गर्छन् । भेटनरी अस्पतालका चिकित्सकले समय–समयमा आएर विभिन्न खोप लगाउँछन् ।

स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकारमध्ये कुनै पनि तहको सरकारले भेडापालन गर्नका लागि अनुदान दिने नगरेको भेडापालकको गुनासो छ । ‘लोप भइरहेको भेडापालन व्यवसायलाई प्रोत्साहित गर्न सरकारले हामीलाई अनुदान दिए अन्य मानिसहरू पनि आकर्षित हुन्थे,’ नरेश पालले भने । 

भेडापालन गर्दा राम्रै आम्दानी हुने भएपनि मानिसको आकर्षण घट्दो छ । झन् पुर्ख्यौली पेशा गर्दै आएका भेडीहर जातिका मानिसले पनि पेशालाई छोड्ने गरेकाले पनि सरकारले अनुदान दिएर प्रोत्साहित गर्नुपर्ने भेडापालन किसानले सुझाव दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x