मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
साउन ३२, २०७६
गोरखा- समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्ने शर्तमा दुईतिहाइ पुर्याइदिन सत्ता गएको बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा आइपुग्नुभएका अध्यक्ष यादवले सदरमुकाममा पत्रकारसँगको भेटघाटमा सो कुरा बताएका हुन् ।
उनले जुन शर्तमा पार्टी सत्तामा गएको छ, त्यही शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य नहुनेसमेत बताए । संविधान संशोधन हुने वा नहुने भन्ने विषय आफूहरुको भन्दा पनि सरकारको नेतृत्व गरेको पार्टीको विषय भएको उनले बताए ।
“अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै कदम चालिएको छैन, हामीले जनतालाई यर्थाथ भन्नुपरेको छ”, अध्यक्ष यादवले भने,“हुन्न नै भनेर हामीले भन्न सक्ने अवस्था पनि छैन ।”
समाजवादी पार्टीले पहिचान, निर्वाचन प्रणाली, शासकीय स्वरुप र असमान र विभेदकारी व्यवस्था कहाँ–कहाँ छ त्यसलाई परिमार्जन गर्न चाहेको उनले बताए । “सविधान संशोधन गर्दिनँ भनेर उहाँहरुले अहिलेसम्म भन्नुभएको छैन”, अध्यक्ष यादवले भने,“तर किन हो ढिलो भइरहेको छ ।”
अध्यक्ष यादवले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारसमेत गरे । “कम्युनिष्ट नेतृत्वको सरकार त्यसमाथि प्रचण्ड र हामी पनि सहभागी भएको सरकारसँग जनताको बढी अपेक्षा हुनु स्वाभाविक हो, तर जनचाहनाअनुसार काम हुनसकेको छैन”, उनले भने । उप्रधानमन्त्री यादवले सरकारले गरेको राम्रो कामको पार्टीले प्रंशसा गर्ने र नराम्रो कामको आलोचना गर्ने अधिकार आफूसँग भएको पनि बताए ।
उनले पर्याप्त बजेट अभावका कारण स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार गर्न नसकेको उल्लेख गरे । “डब्लुएचओले पनि कम्तीमा कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नैपर्छ भनेको छ”, उपप्रधानमन्त्री यादवले भने,“हामीकहाँ कूल बजेटको ४.४८ प्रतिशत बजेट विनियोजन भएको छ, उक्त बजेट स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त होइन ।”
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...