कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भदौ १, २०७६
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न नगर्न फेरि आग्रह गरेका छन् ।
ओली सरकार अधिनायकवादतर्फ गयो भन्ने आरोप नलगाउन समेत उनले प्रतिपक्षीलाई चुनौती दिए ।
प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सुदृढ गर्ने बाहेक सरकारको उदेश्य नभएको बताए ।
‘यो सरकार अचानक र ह्विममा जनताको फ्रस्टेसनको भल छोपेर बनेको सरकार होइन । संघर्ष र बलिदानको इतिहासबाट बनेको हो । जनताले अहिलेको सरकार र सञ्चालन गर्ने नीतिमाथि विश्वास गरेर अभिमत दिएर हो, आवेश, उत्तेजना र फ्रस्टेसनबाट होइन,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकार कमजोर भयो भनेर नहौसिन चुनौती दिए । ‘सरकारको संयमतालाई देखेर केही तत्व बढ्तै हौसिएको देखिन्छ, संवैधानिक ढंगले चल्ने कुरामा विरोधको स्वागत गर्दछ । सरकारको आलोचनाको नाममा प्रणाली उल्टाउने, प्रतिगमन गर्ने र संविधान अस्वीकार गर्ने कुरा अहिलेको सरकारलाई मान्य हुँदैन,’ ओलीले भने ।
जनताले दिएको जिम्मेवारीबाट सरकार भाग्छ भन्ने दिवास्वप्न नदेख्न उनले सुझाव दिए । ‘चिहानमा गएर हड्डी फुकेर मरोको संस्था फर्काउछु भनेको पनि सुनिन्छ । संविधान र गणतन्त्रको रक्षाको लागि सरकार मैदानमा उत्रिन्छ,’ पूर्वराजावादीको क्रियाकलापप्रति संकेत गर्दै उनले भने ।
यस्ता गतिविधिमा सरकार उदार बनेको त्यसमा विश्वास नभएरै हो, उनले थपे ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...