×

NMB BANK
NIC ASIA

द्वन्द्वकालीन मुद्दाको सकस

सैनिक अदालतको फैसलाप्रति नेकपाको आपत्ति, ऐन संशोधन गर्न संसद्‍मा माग

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले सशस्त्र जनयुद्धको बेला भागेका भगौडा सैनिकलाई कारवाही गर्ने सैनिक अदालतको निर्णयप्रति आपत्ति जनाएको छ ।

Muktinath Bank

माओवादी विद्रोहसँग जोडिएको विषयमा रहेका सैनिक ऐनका प्रावधान संशोधन गर्न नेकपाको पूर्व माओवादी खेमाले संसद्‍मा आवाज उठाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले संविधानसँग बाझिएको सैनिक ऐनका प्रावधान खारेज गर्न माग गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘माओवादी जनयुद्धको क्रममा सेना र प्रहरीका जवानलाई विद्रोहका लागि आह्वान गरिएको थियो । केही माओवादीमा आएका थिए । नेपाली सेना परित्याग गरेको भनेर सैनिक ऐन दफा ४२ अनुसार गोरखाका शक्ति गुरुङलाई जन्मकैद गरेको छ र केही समय पहिले पूर्वका झलककुमार भगतलाई त्यही ढंगले बन्दी बनाइराखेको छ,’ गुरुङले संसद्‍मा भने, ‘सैन्य अदालतको यो कदम नेपालको संविधानभन्दा विपरीत हुन्छ । १२ बुँदे सम्झौता अन्तरिम संविधानको अंग बनिसकेको छ । नयाँ संविधान पनि अन्तरिम संविधानकै निरन्तरता भएकाले सैनिक ऐनको सो व्यवस्था संविधान विपरीत छ ।’

Vianet communication
Laxmi Bank

नेता गुरुङले माओवादी विद्रोह शान्ति प्रक्रिया मार्फत टुंगिएकाले संविधानसँग बझिने कानून खारेज या संशोधन गर्न माग गरे । 

‘नेपालको संविधान २०७२ को धारा ३ सय ४ ले संविधानको हदसँग बाझिएका कानून खारेज हुने भनिएको र अन्तरिम संविधानले गरेको काम नयाँ संविधानले गरेको भनिएको छ । न्यायको सिद्धान्तले पनि अघिल्लो संविधानले गरेका काम नयाँ संविधानले गर्नुपर्ने भनेको छ । सैन्य अदालतसम्बन्धी ऐनका दफा संविधानको धारा ३ सय ४ संग बाझिएको हुनाले विद्रोहसँग जोडिएको सैन्य ऐनका दफा संशोधन गर्नुपर्छ,’ उनले भने ।

सर्वोच्च अदालतले गएको असार २४ गते भगौडा सैनिकको मुद्दालाई द्वन्द्वकालीन भनेर व्याख्या गर्न नमिल्ने व्याख्या गरेको थियो । 

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले भगौडा सैनिकसम्बन्धी सैन्य अदालतको आदेशलाई सदर गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x