मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काठमाडौं– वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य हालसम्म १० प्रतिशत मात्र सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुसार उक्त विमानस्थल निर्माणको भौतिक प्रगति १० प्रतिशत र वित्तीय प्रगति ८ प्रतिशत भएको अवस्था छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण हुन लागेको उक्त विमानस्थल आर्थिक वर्ष २०७८/०७९ भित्र सम्पन्न गर्ने सरकारी लक्ष्य छ । तर, हालसम्म १० प्रतिशत मात्रै कार्य सम्पन्न हुँदा अबको तीन वर्षमा बाँकी ९० प्रतिशत काम सक्ने चुनौती संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईको काँधमा आइपरेको छ ।
मन्त्री भट्टराईले गत मंगलवार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मिसन र लक्ष्य सहित अगाडि बढे असम्भव केही पनि नहुने भन्दै विमानस्थल निर्माणको काम पनि निर्धारित समयमा नै सकिने प्रतिबद्धता व्यक्त गरे ।
‘मिसन र लक्ष्यमा दृढ हुनुपर्छ,’ उनले भने, ‘निर्धारित समयमै विमानस्थल निर्माणको काम सम्पन्न हुन्छ । म एक्लैले गर्ने होइन । यसमा सबैको सहयोग हुनुपर्छ । अझ विशेष सहयोग कर्मचारीको हुन्छ । मलाई कर्मचारीहरूले सघाउने नै छन् । मेरा कर्मचारीहरूप्रति मलाई पूर्ण विश्वास छ ।’
विमानस्थल निर्माणका लागि कुल १ खर्ब २० अर्ब रूपैयाँ लागत लाग्ने सरकारी अनुमान छ ।
गत आवमा लक्ष्यको ९० प्रतिशत प्रगति
आर्थिक वर्ष २०७५/०७६ मा विमानस्थल निर्माणका लागि लिइएको लक्ष्यको ९० प्रतिशत भौतिक प्रगति भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जानकारी दिएको छ ।
सो आर्थिक वर्षमा ९३ प्रतिशत वित्तीय प्रगति भएको मन्त्रालयको एक वर्षको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्ष २०७५/०७६ मा विमानस्थल निर्माणको कार्यका लागि १ अर्ब ४३ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो ।
त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७४/०७५मा कुल १ अर्ब २ करोड रूपैयाँ बजेट विनियोजन गरिएकोमा सो आवमा ७ दशमलव ३ प्रतिशत खर्च भएको सरकारी तथ्यांक छ ।
आव २०७४/०७५ मा १ सय २४ जना जग्गाधनीको ५५ दशमलव ५ विगाह जग्गा नेपाल नागरिक उडड्यन प्राधिकरणको नाममा ल्याइएको र सो बापतको मुआब्जा रकम वितरणमा ३३ करोड रूपैयाँ खर्च गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
चालू आर्थिक वर्ष २०७६/०७७ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
विमानस्थलभित्र पर्ने वन क्षेत्रको जग्गा हस्तान्तरणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत सम्पन्न भइसकेको छ ।
राष्ट्रिय योजना आयोगका अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मुख्य समस्याका रूपमा विमानस्थल निर्माणको मोडालिटी तयार नहुनु रहेको छ ।
मन्त्री भट्टराईले गत मंगलवार विमानस्थल कुन मोडालिटीबाट निर्माण गर्ने भन्ने सम्बन्धमा सोही दिन लगानी बोर्डसँग छलफल गर्ने बताएका थिए । तर, हालसम्म छलफल नभएको मन्त्रालयका अधिकारीहरुरू बताउँछन् ।
मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले छलफल आयोजना नागरिक उडड्यन प्राधिकरणले गर्ने र त्यसमा आफूहरूको सहभागिता नहुने भन्दै उनले आफूलाई छलफलबारे केही थाहा नभएको बताए ।
त्यस्तै नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले लगानी बोर्डसँग छलफल नभएको बताए । ‘लगानी बोर्डसँग छलफल गर्ने भनिएको थियोे, तर भएको छैन,’ उनले भने ।
मंगलवारको बैठकमा समेत सांसदहरूले विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता नभएको, डीपीआर बन्न नसकेको, कतिवटा रनवे बनाउने भन्ने टुङ्गो नलागेको भन्दै समयमै विमानस्थल निर्माण हुनेमा प्रश्न उठाएका थिए ।
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...