×

NMB BANK
NIC ASIA

भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

भदौ १, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

थिम्पु–भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको थियो । डा पेमा भुटानको राष्ट्रिय सभामा मुख्य विपक्षी दलका नेता हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार नै रोयल युनिभर्सिटी भुटानमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुवै देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक परम्पराले विशिष्ट स्थिति निर्माण गरेको र सम्बन्ध अझ प्रगाढ बनाएको चर्चा गरे । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री मोदीले भुटानसँग जलविद्युत बाहेकका अरु क्षेत्रमा पनि सहयोग गर्न तत्पर रहेको बताए । त्यस समारोहमा विद्यार्थीहरुका साथै सांसदहरुको बाक्लो उपस्थिति थियो ।

Vianet communication
Laxmi Bank

उक्त सम्बोधनपछि प्रधानमन्त्री मोदीले चोर्तेनको भ्रमण गरी खद्दर अर्पण गर्नुका साथै दीप प्रज्ज्वलन गरेका थिए । 

मोदी भुटानको दुई दिने भ्रमणका सिलसिलामा शनिबार  भुटान पुगेका थिए । भ्रमणका क्रममा ७२० मेगावाटको मे¬ङदेछु जलविद्युत परियोजनाको शुभारम्भ गर्नुका साथै भारतीय अन्तरिक्ष विज्ञान संस्थान (इस्रो) को ग्राउन्ड अर्थ स्टेसनको उद्घाटन गरेका थिए । 

प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री लोटे छिरिङको उपस्थितिमा दुई देशबीच नौ वटा समझदारी पत्र र एउटा ऊर्जा खरिद सम्झौतामा हस्ताक्षर भएका थिए । 

मोदी आइतबार स्वदेश फर्कनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x