यस वर्षको मदन पुरस्कार 'रणहार'लाई

भदौ १, २०७६

काठमाडौं– यस वर्षको मदन पुरस्कार योगेश राजद्वारा लिखित उपन्यास 'रणहार'ले पाएको छ ।

मदन पुरस्कार गुठीको आइतवार बसेको साधारण सभा बैठकले गुठीमा प्राप्त २५७ पुस्तकहरूमध्ये 'रणहार'लाई पुरस्कार दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

यस्तै जगदम्बाश्री पुरस्कार भने तीलविक्रम नेम्वाङ बैरागी काइँलाले पाउने भएका छन् ।

'लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन-अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्गमयको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएकाले उक्त पुरस्कार दिने निर्णय भएको गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

 

भदौ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस