×

NMB BANK
NIC ASIA

आइडिया स्टूडियोको चौथो सिजन जारी

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– आइडिया स्टूडियोको चौथो सिजन शुरू भएको छ ।

Muktinath Bank

सोचदेखि उद्योगसम्म भन्ने मूल नारा लिएर सञ्चालित आइडिया स्टूडियोको चौथो सिजन थप परिष्कृत र प्रभावशाली ढंगले सञ्चालन हुने विश्वास आयोजकले लिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइडिया स्टूडियोको यस सिजनका लागि व्यक्तिको सोचलाई उद्योगसम्म पुर्‍याउनका लागि आफ्नो आइडिया पठाउने मिति गएको साउन १६ गतेबाट असोज १ गते सम्मका लागि तोकिएको छ ।


Advertisment
Nabil box
Kumari

यस अवधिभित्र पठाइने उद्योग व्यवसायसम्बद्ध आइडियाहरूले आइडिया स्टूडियो सिजन ४ का लागि स्थान पाउनेछन् ।

Vianet communication
Laxmi Bank

निर्धारित मितिभित्र पठाइएका आइडियाहरूले टेलिभिजन रियालिटी शोमा स्थान पाउनुका साथै तालिमको व्यवस्था र उत्कृष्ट ठहरिएका ४ आइडियाहरूले रु. ५ लाख बराबर सिड इन्भेष्टमेन्ट समेत प्राप्त गर्नेछ ।

आइडिया पठाउने फारम भर्नका लागि http://ideastudio.org.np/ लग इन गर्नु पर्नेछ ।

के हो आइडिया स्टूडियो ?

आइडिया स्टूडियो नेपाल हरेक व्यक्तिको व्यासायिक सोचलाई उद्यमशिलतासंग जोडेर उद्यमी बन्न प्रेरित गर्दै समाजमा नै व्यवसायिक परिवर्तन गराउने एक उत्कृष्ट माध्यम हो ।

व्यक्तिको नविन र सकारात्मक सोचले नै नयाँ आवीश्कार हुन सक्दछ र त्यसले समाज र राष्ट्रमा नै महत्वपूर्ण योगदान पुग्न सक्छ भन्ने ध्येयका साथ यस अघि आइडिया स्टूडियोका तीनैवटा सिजन सम्पन्न भइसकेका छन, र यो निकै प्रभावकारी साबित भइसकेको छ ।

सन् २०१४ बाट शुरू भएको आइडिया स्टूडियोमा मुलुकभरबाट १५०० भन्दा धेरै आइडियाहरू प्राप्त भइसकेका आयोजकले जनाएको छ ।

त्यसमध्ये ९० वटाभन्दा धेरै आइडियाहरूले सफलतापूर्वक व्यवसायिक बाटोमा यात्रा गरिरहेका दाबी पनि उसले गरेको छ ।

आइडिया स्टूडियोमा आउनुअघि र आइसकेपछि आफ्नो सोच अनुसारको व्यवसायमा आएको परिवर्तन देखेर उद्यमीहरू निकै उत्साही छन् ।

नेपाली उत्पादन प्रवर्द्धन गर्ने, सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने, प्रविधि सम्बद्ध तथा हरियाली र पर्यावरण प्रवर्द्धन गर्ने आइडियाहरूले विशेष ग्राहयता प्राप्त गर्नेछन् ।

स्वनिर्भरता र आर्थिक समृद्धिको यात्रामा सहभागी भई आफ्नो सोचलाई आइडिया स्टूडियो मार्फत उद्योगसम्म पुर्‍याउन आइडिया स्टूडियो नेपालले अपिल गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x