कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौं– चालक अनुमतिपत्रसँग सम्बन्धित गुनासो दैनिक आइरहँदा यातायात व्यवस्था विभागले ‘सहायता कक्ष’को शुरू गरेको छ ।
चालक अनुमतिपत्रसँग सम्बन्धित जिज्ञासा लिएर दैनिक सेवाग्राही आइरहँदा कार्यालयमा सधैँ भीडभाड भइरहेकाले यो सेवा शुरू गरिएको विभागका निर्देशक प्रेमकुमार सिंहले बताए ।
उनका अनुसार दुई दिनपहिले शुरू भएको कक्षले अनुमतिपत्र अनलाइन आवेदन, छपाइ, वितरण लगायतका विषयमा सम्पूर्ण जानकारी दिइनेछ ।
सेवाग्राहीले अनुमतिपत्र छापियो वा छापिएन वा छापिएका अनुमतिपत्रमा पनि कुनै खालका समस्या आउँदा कोठाकोठामा पुगेर बुझ्न जान नपर्ने उनको भनाइ छ ।
उनले भने, 'यसअघि सेवाग्राहीले भोग्दै आउनुभएको समस्या हट्ने हामीले विश्वास गरेका छौं ।'
अहिले सहायता कक्षले चालक अनुमति पत्रसँग सम्बन्धित मात्रै जानकारी दिने भए पनि आगामी दिनमा यसको क्षेत्र विस्तार गर्दै जाने विभागको योजना रहेको सिंहले जानकारी दिए ।
सेवाग्राहीले आइतबारदेखि बिहीबारसम्म बिहान १०ः१५ देखि ४ः४५ सम्म र शुक्रबार २ः४५ बजेसम्म कार्यालयमा आएर वा फोन सम्पर्क गरेर अनुमतिपत्रबारे जानकारी लिन सक्ने बताइएको छ ।
देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट सङ्कलन भएका आवेदनबाट विभागले चालक अनुमतिपत्र छपाइ गर्दै आएको छ ।
सम्बन्धित कार्यालयले नै चालक अनुमतिपत्र वितरण गरिरहे पनि समस्या आउँदा उनीहरुलाई विभागमा पठाउने गरेका छन् ।
गत वर्ष नै यातायात व्यवस्था कार्यालयहरु प्रदेशमा हस्तान्तरण भए पनि देशभरका चालक अनुमतिपत्र छपाइ विभागले नै गरिरहेको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...