×

NMB BANK
NIC ASIA

नेकपाको कार्यविभाजनमा थप निर्णय, क–कसले पाए जिम्मेवारी ? (नामावलीसहित)

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो वरियतामा झलनाथ खनाल चयन भएका छन् । नेकपाको आइतबार बसेको सचिवालय बैठकले खनालको वरियता दुई अध्यक्षपछि तेस्रो हुन निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनीपछि वरिष्ठ नेता माधव कुमार नेपालको वरियता चौथो नम्बरमा रहने भएकाे छ । 

Sagarmatha Cement
Muktinath Bank

बैठकले सांगठनिक एकीकरण र कार्यविभाजनको सन्दर्भमा केही थप निर्णय पनि लिएको छ । जसअनुसार उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल र सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल चयन हुँदा अध्यक्षमा राजन नेपाल तथा सचिवमा लेखनाथ न्यौपाने चयन भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि न्योपानेले जिम्मेवारी नपाएको भन्दै पार्टी नेतृत्वको आलोचना हुने गरेको थियो । 


Advertisment
Nabil box
Kumari

बैठकले युवा विद्यार्थी विशेष कमिटीको इन्चार्ज माधव ढुंगेल सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनित बराललाई तोकेको छ भने मजदूर विशेष जिल्ला कमिटी इन्चार्ज बिना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइँटेललाई तोकेको छ । 

Vianet communication
Laxmi Bank

पेसागत विशेष जिल्ला कमिटीको इन्चार्ज केशव प्रसाद नेपाल, सहइन्चार्ज प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली र सचिव कृष्णराज केसी चयन भएका छन् । 

उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी इन्चार्जमा पार्वत गुरुङ सहइन्चार्ज शशी श्रेष्ठ हुँदा अध्यक्षको टुंगो लगाउन बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तै सचिवमा चन्द्र रिजाल चयन भएका छन् ।

केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा सहइन्चार्जमा लिलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी तथा अध्यक्षमा प्रह्लाद बुढाथोकी र सचिवमा नरेन्द्र श्रेष्ठलाई चयन गरिएको छ । 
यसैगरी प्रदेश नम्बर १ को सम्पर्क कमिटी इन्चार्ज किशोर अधिकारी सहइन्चार्ज हेम कुमार राई, अध्यक्ष इन्द्र भण्डारी  र सचिव ध्रुव कुमार आङदाम्बे चयन भएका छन् । 

प्रदेश नम्बर २ को सम्पर्क कमिटी इन्चार्ज अच्युत मैनाली, सहइन्चार्ज भरत शाह, अध्यक्ष  सुनिता यादव र सचिव बृजु यादव चयन हुँदा प्रदेश नम्बर ३ मा इन्चार्ज गणेश पहाडी, सहइन्चार्ज युवराज दुलाल, अध्यक्ष कमला दोङ र सचिव श्याम बस्नेत चयन भएका छन् । 

यसैगरी गण्डकी प्रदेश सम्पर्क कमिटी इन्चार्ज दिलु पन्त, सहइन्चार्ज चूडामणि खड्का, अध्यक्ष तारा कुमाल र सचिव विष्णु सिग्देल चयन हुँदा प्रदेश नम्बर ५ सम्पर्क कमिटी इन्चार्ज मानबहादुर बुढा, सहइन्चार्ज गौराप्रसाद कोइराला, अध्यक्ष थानेश्वर बस्याल र सचिव सुनिता रोका चयन भएका छन् । 

कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज जकबहादुर मल्ल, सहइन्चार्ज गोविन्द विक्रम शाह, अध्यक्ष पूर्ण बहादुर मल्ल र सचिव चित्रबहादुर घर्ती मगर चयन हुँदा सुदूरपश्चिम सम्पर्क कमिटी इन्चार्जमा गौरीशंकर चौधरी सहइन्चार्जमा महेश्वर पाठक, अध्यक्षमा शिव ठगुन्ना र सचिवमा हेमन्त जोशी तोकिएका छन् । 

यस्तै जनवर्गीय संगठनको पनि इन्चार्ज र सह इन्चार्ज तोकिएको श्रेष्ठले जानकारी दिए ।  

जसअनुसार ट्रेड युनियन महासंघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः जयपुरी घर्ती र विनोद श्रेष्ठ,किसान महासंघको  इन्चार्ज र सहइन्चार्जमा क्रमशः बामदेव गौतम र  सुनिल मानन्धर चयन भएका छन् । अध्यक्ष भने हरि पराजुलीलाई बनाउने निर्णय भएको छ। 

यसैगरी महिला संघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः गोमा देवकोटा र कमला रोका, युवा संघ नेपालको इन्चार्ज र सहइन्चार्जमा क्रमशः महेश बस्नेत र रामप्रसाद सापकोटा दीपशीखा, विद्यार्थी संघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः हितमान शाक्य र विनोद ढकाल, बुद्धिजिवि संगठनको इन्चार्ज र सहइन्चार्जमा क्रमशः अग्नी सापकोटा र टंक कार्की, पेसागत महासंघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः पम्पा भुसाल र विश्वनाथ प्याकुरेललाई चयन गरिएको श्रेष्ठले जानकारी दिए । 

यसअघि नेकपाले शुक्रबार नेकपाले ३३ वटा केन्द्रीय विभागको नेतृत्व गर्ने नेताहरूको टुंगो लगाएको थियो । 
 

सचिवालय बैठकमा माधव नेपालको असन्तुष्टि, तीन नेतालाई सचिवालयमा मनोनयन गर्न प्रस्ताव

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x