×

NMB BANK
NIC ASIA

कानूनको दुरुपयोग गर्ने प्रवृत्ति बढ्योः सभामुख शाही

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पछिल्लो समय कानूनको दुरुपयोग गर्ने प्रवृत्ति बढको बताएका छन् । 

Muktinath Bank

आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको मुलुकी संहिताहरु कार्यान्वयनको एक वर्ष समीक्षात्मक अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै कानून प्रतिको विश्वास आम जनमानसमा कायम राख्नुपर्नेमा जोड दिए । ‘कानूनको परिपालना समान रुपमा गर्नुपर्छ ।’ उनले भने, ‘सर्वसाधारणलाई एक र ठूलालाई कानून परिपालना गराउँदा अर्को गरे कानूनप्रति जनताको विश्वास घटने गर्छ । यसमा सबै सरोकारवाला पक्ष सजग हुन जरुरी छ ।’
सभामुख शाहीले सहि कानून निर्माण र सही रुपमा त्यसको प्रयोग गरे मात्र समृद्धि, विकास, सुख प्राप्त गर्ने भन्दै कर्णाली प्रदेशले जनचाहना बमोजिम कानून बनाउने प्रयास गरिरहेको बताए । ‘जबसम्म सहि कानून, जनताको चाहना बमोजिमका कानून निर्माण गर्न सकिदैन ।’ उनले भने, ‘तबसम्म समृद्धि आउँदैन र राज्यले लिएको नीति सफल हुन सक्दैन ।’ जनसहभागितामा नै कानून निर्माण गर्नुपर्नेमा उनको जोड थियो । समाजको स्तर अनुसारको कानून नबनाए कार्यान्वयनमा गम्भिर समस्या आउने उनले बताए ।
प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले एक वर्षमै कानून संशोधन गर्ने गरी के काम गरियो भन्दै प्श्न गरे । ‘अन्य देशमा सयौं वर्षसम्म कानून संशोधन गर्नुपर्दैन । त्यति दुदर्शी तरिकाले कानून बनाउँछन् ।’ उनले भने, ‘तर नेपालमा किन एक वर्षमै संशोधन गर्ने कानून बनाईन्छ ?’ प्रदेशको कानूनलाई कसरी व्याख्या गर्ने भन्दै चुंडिएको चंगा जस्तो कानून बनाउन नहुने बताए ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले मुलुकी संहिता कार्यान्वयन गर्न चुनौती भएको बताए । ‘कुनै घटनमा कसैलाई पक्राउ गर्न परे अदालतबाट पहिले पुर्जी दिनुपर्ने बाध्यता छ ।’ उनले भने, ‘दुर्गम क्षेत्रमा कसरी कार्यान्वयन गर्ने ?’ उनले जनशक्ति अभाव भएका कारण अपराध भएको स्थानमा इन्सपेक्टर नै खटाउने प्रावधानलाई सच्याइ त्यो भन्दा तलका अधिकारीलाई खटाउनु पर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x