×

NMB BANK
NIC ASIA

मुख्य समाचार

घटुवा भए माधव नेपाल, रवि लामिछानेविरुद्ध किटानी जाहेरी–सीआईबीको टोली चितवनमा

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो वरियतामा झलनाथ खनाल चयन भएका छन् ।
 नेकपाको आइतबार बसेको सचिवालय बैठकले खनालको वरियता दुई अध्यक्षपछि तेस्रो हुन निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
वरिष्ठ नेता माधव कुमार नेपालको वरियता भने घटुवा भएर चौथो नम्बरमा रहेको छ । पार्टी एकताअघिको तत्कालीन एमालेमा खनालकै वरियता अगाडि थियो । तर एकतापछि खनाल पछि परेकोमा असन्तुष्टि जनाउँदै आएका थिए । 

Sagarmatha Cement
Muktinath Bank

बैठकले सांगठनिक एकीकरण र कार्यविभाजनको सन्दर्भमा केही थप निर्णय पनि लिएको छ । जसअनुसार उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल र सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल चयन हुँदा अध्यक्षमा राजन नेपाल तथा सचिवमा लेखनाथ न्यौपाने चयन भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि न्योपानेले जिम्मेवारी नपाएको भन्दै पार्टी नेतृत्वको आलोचना हुने गरेको थियो । 


Advertisment
Nabil box
Kumari

बैठकले युवा विद्यार्थी विशेष कमिटीको इन्चार्ज माधव ढुंगेल सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनित बराललाई तोकेको छ भने मजदूर विशेष जिल्ला कमिटी इन्चार्ज बिना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइँटेललाई तोकेको छ । 

Vianet communication
Laxmi Bank

पेसागत विशेष जिल्ला कमिटीको इन्चार्ज केशव प्रसाद नेपाल, सहइन्चार्ज प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली र सचिव कृष्णराज केसी चयन भएका छन् । 

उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी इन्चार्जमा पार्वत गुरुङ सहइन्चार्ज शशी श्रेष्ठ हुँदा अध्यक्षको टुंगो लगाउन बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तै सचिवमा चन्द्र रिजाल चयन भएका छन् ।

केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा सहइन्चार्जमा लिलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी तथा अध्यक्षमा प्रह्लाद बुढाथोकी र सचिवमा नरेन्द्र श्रेष्ठलाई चयन गरिएको छ । 
यसैगरी प्रदेश नम्बर १ को सम्पर्क कमिटी इन्चार्ज किशोर अधिकारी सहइन्चार्ज हेम कुमार राई, अध्यक्ष इन्द्र भण्डारी  र सचिव ध्रुव कुमार आङदाम्बे चयन भएका छन् । 

प्रदेश नम्बर २ को सम्पर्क कमिटी इन्चार्ज अच्युत मैनाली, सहइन्चार्ज भरत शाह, अध्यक्ष  सुनिता यादव र सचिव बृजु यादव चयन हुँदा प्रदेश नम्बर ३ मा इन्चार्ज गणेश पहाडी, सहइन्चार्ज युवराज दुलाल, अध्यक्ष कमला दोङ र सचिव श्याम बस्नेत चयन भएका छन् । 

यसैगरी गण्डकी प्रदेश सम्पर्क कमिटी इन्चार्ज दिलु पन्त, सहइन्चार्ज चूडामणि खड्का, अध्यक्ष तारा कुमाल र सचिव विष्णु सिग्देल चयन हुँदा प्रदेश नम्बर ५ सम्पर्क कमिटी इन्चार्ज मानबहादुर बुढा, सहइन्चार्ज गौराप्रसाद कोइराला, अध्यक्ष थानेश्वर बस्याल र सचिव सुनिता रोका चयन भएका छन् । 

कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज जकबहादुर मल्ल, सहइन्चार्ज गोविन्द विक्रम शाह, अध्यक्ष पूर्ण बहादुर मल्ल र सचिव चित्रबहादुर घर्ती मगर चयन हुँदा सुदूरपश्चिम सम्पर्क कमिटी इन्चार्जमा गौरीशंकर चौधरी सहइन्चार्जमा महेश्वर पाठक, अध्यक्षमा शिव ठगुन्ना र सचिवमा हेमन्त जोशी तोकिएका छन् । 

यस्तै जनवर्गीय संगठनको पनि इन्चार्ज र सह इन्चार्ज तोकिएको श्रेष्ठले जानकारी दिए ।  

जसअनुसार ट्रेड युनियन महासंघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः जयपुरी घर्ती र विनोद श्रेष्ठ,किसान महासंघको  इन्चार्ज र सहइन्चार्जमा क्रमशः बामदेव गौतम र  सुनिल मानन्धर चयन भएका छन् । अध्यक्ष भने हरि पराजुलीलाई बनाउने निर्णय भएको छ। 

यसैगरी महिला संघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः गोमा देवकोटा र कमला रोका, युवा संघ नेपालको इन्चार्ज र सहइन्चार्जमा क्रमशः महेश बस्नेत र रामप्रसाद सापकोटा दीपशीखा, विद्यार्थी संघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः हितमान शाक्य र विनोद ढकाल, बुद्धिजिवि संगठनको इन्चार्ज र सहइन्चार्जमा क्रमशः अग्नी सापकोटा र टंक कार्की, पेसागत महासंघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः पम्पा भुसाल र विश्वनाथ प्याकुरेललाई चयन गरिएको श्रेष्ठले जानकारी दिए । 

यसअघि नेकपाले शुक्रबार नेकपाले ३३ वटा केन्द्रीय विभागको नेतृत्व गर्ने नेताहरूको टुंगो लगाएको थियो ।

प्रमको संसदलाई सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म सरकार परिवर्तन हुने सपना नदेख्न चुनौती दिएका छन् ।

प्रतिनिधि  सभाको आइतवारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् ।

‘सरकार जाने भयो, प्रधानमन्त्री लगलग काँपेका छन् भन्ने पनि सुनिन्छ । पद नगएको दुनियाँमा कोही देखेको छैन, राजा–महाराजा, सम्राट वादशाह सबैको पद जान्छ’, प्रधानमन्त्री ओलीले भने– ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । निर्वाचनसम्म धैर्य गरिदिन आग्रह गर्दछु ।’

उनले दिवास्वप्न नदेख्न समेत आग्रह गरे । ‘अहिलेको सरकार लगलग काँप्यो भन्ने, यस्तो दिवास्वप्न कसैले नदेखे हुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने ।

साथै उनले चिहानमा गएर हड्डी फुक्दै व्यवस्था उल्टिने सपना नदेख्न पनि चुनौती दिए ।

यस्ता गतिविधिप्रति सरकार उदार बनेको त्यसमा विश्वास नलागेका कारण नै हो भन्दै प्रधानमन्त्री ओलीले विश्वास लागेको दिन संविधान र व्यवस्थाको रक्षामा लाग्ने बताए ।

    
हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

    भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको हो । 
 
    आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले नयाँ ठेक्का भने आह्वान गरेको छैन । 

प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

    सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन आइतबार रातिदेखि अन्त्य भएको छ ।  प्रदेशसभाको आइतबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले चौथो अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको जानकारी दिए । 

    गत जेठ १ गते शुरु भएको चौथो अधिवेशनमा सुदूरपश्चिम स्वरोजगार विकास कोषका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायत आठ विधेयक पारित भएको थियोे । 

    घुस लिएको अभियोगमा पक्राउ 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठलाई भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

    आयोगका अनुसार भूकम्पले क्षति भएको घर निर्माणका लागि सरकारले प्रदान गरेको राहतको किस्ता निकासीका लागि सेवाग्राहीसँग रु २५ हजार घुस मागेको उनमाथि अभियोग छ । आयोगका टोलीले सबइञ्जिनीयर श्रेष्ठलाई बनेपास्थित दी किचन भान्साघरबाट आइतबार पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

    यस्तै आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तासमेत दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बोलपत्रमार्फत स्वास्थ्य सन्देशमूलक विज्ञापन प्रकाशन र प्रसारण गरेबापत एक सेवाग्राहीसँग रु एक लाख घुस मागेको उनीहरुलाई आरोप लगाइएको छ । 

रिट निवेदन

    सर्वोच्च अदालतमा संविधानविपरीत प्रदेश सभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने ऐनको खारेजीको माग गदैै रिट निवेदन दायर गरिएको छ । 

    अधिवक्ता लोकेन्द्र ओलीले आइतबार दायर गरेको रिट निवेदनमा संविधानको धारा २२०(८) र धारा २२७ मा स्थानीय तहका जनप्रतिनिधिले सुविधा मात्र लिने व्यवस्था रहेको उल्लेख छ । सो व्यवस्थाको गलत व्याख्या गरी प्रदेश नं २ र ३, गण्डकी, प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाले मासिक रुपमा तलब, ज्याला, पारिश्रमिकसहित सुविधा लिन पाउने ऐन जारी गरेर लागू गरेको निवेदनमा जिकिर गरिएको छ । 

    रिट निवेदनमा प्रदेशसभाले संविधानको गम्भीर उल्लङ्घन गरी लागू गरेका ऐन तत्काल बदर खारेजीको माग गरिएको छ । निवेदनमा छ वटै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई विपक्षी बनाइएको छ । संवैधानिक इजलासमा दर्ता भएको रिटको पेसी यही भदौ ६ गते तोकिएको छ । प्रदेश नं १ को प्रदेशसभाले भने सुविधा मात्रै लिने कानुन बनाएको छ ।
लामिछानेसहित तीन जनाविरुद्ध किटानी जाहेरी

    पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार प्रहरीमा किटानी जाहेरी परेको छ । 

    उनकी श्रीमती सम्झनाले पक्राउ परेकाविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमार्फत चितवन प्रहरीमा किटानी जाहेरी दिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । 

    उनका अनुसार आइतबार परेको पूरक जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइसकिएको छ । चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले प्रहरी हिरासतमा रहेका तीनै जनाको नाममा जाहेरी परेको जानकारी दिए ।  यसअघि घटनाको अनुसन्धानका लागि भनेर परिवारले प्रहरीमा जाहेरी दिएका थिए । 

    पुडासैनीको यही साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । घटना हुनुअघि उनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको श्रव्यदृश्य सामग्रीे फेला परेको थियो । 

    पुडासैनीले मर्नुअघि मोबाइलमा रेकर्ड गरेको उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलार्ई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । शुक्रबार आत्महत्या दुरुत्साहन अन्तर्गतको मुद्दामा चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

यसैबीच पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आइतबार पुगेको छ । 

    अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताए ।  टोलीले आइतबारैदेखि काम शुरु गरेको बताइएको छ ।

    जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पत्रकार पुडासैनी मृत भेटिएका दिनदेखि नै अनुसन्धान जारी राखिएको कोइरालाले बताए । 

शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आइतबार तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।

    काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्च अदालतमा आइपुगेको मुद्दामा सो आदेश भएको हो । छलफलका लागि यही भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ ।

      अभिनेत्री पोखरेलले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी उच्च अदालत पाटनले खारेज गर्न अस्वीकार गरेको थियो । निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको बहुविवाह मुद्दामा काठमाडौँ जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

नेप्सेमा नौ अङ्कको ओरालो 
 
    निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झरेको छ ।

    यस्तै सेन्सेटिभ परिसूचक १.५७ बिन्दुले घटेर २६३.११ बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दो कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६० कम्पनीको ११ लाख एक हजार ७७६ कित्ता शेयर रु ३२ करोड ९५ लाख २७ हजार ९१५ मूल्यमा खरीद बिक्री भए ।

    स्टकका अनुसार आइतबार कारोवार भएका कूल ११ उपसमूहमध्ये आइतबार एक उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । उत्पादन उपसमूह १.८ बिन्दुले बढ्दा बैंकिङ ४.२५, होटल ११.१९, विकास बैंक ५.४३, जलविद्युत् १८.७७, वित्त ३६.५८, निर्जीवन बीमा ३१.५८, अन्य ११.१४, लघुवित्त ८.५८, जीवन बीमा ८७.४२ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x