पाल्पामा पनि भेटिए डेंगुका बिरामी

भदौ २, २०७६

पाल्पा – पाल्पामा डेंगुका बिरामी फेला परेका छन् । साउन महीनामा मात्रै दुई बिरामी फेला परेका हुन् । गत वर्ष भदौमा जिल्लामा डेंगुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।

डेंगुको सङ्क्रमण देखिएपछि दुवै जनाको उपचार भइरहेको छ । यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेंगुबाट बच्न सकिने सूचना अधिकारी ज्ञवाली बताउँछन् ।


ADVERTISEMENT

अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नेलगायत डेंगु रोगका लक्षण हुन् । शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ ।

विशेष गरी गर्मी याममा देखापर्ने डेंगुका रोगी भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।  

भदौ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस