मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
सन् २०२० मार्च १ मा नेपाल–पाकिस्तान कुटनीतिक सम्बन्धको ६० वर्ष पूरा हुँदैछ । सन् १९६० को यसै दिन यी २ मुलुकबीच कुटनीतिक सम्बन्ध कायम भएको थियो ।
सरकारले यस दिनलाई विशेष उत्सवको रूपमा मनाउने निर्णय गरेको छ । यसको जानकारी स्वयं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन् ।
नेपाल र पाकिस्तानबीच सदैव सुमधुर सम्बन्ध रहिआएको छ । प्रायः द्विपक्षीय सम्बन्ध एकनासको हुँदैनन् । विभिन्न कालखण्डमा उतारचडाव आइरन्छ विभिन्न कारणवश तर नेपाल र पाकिस्तानबीच यस्तो छैन । यी २ मुलुकबीच सदा एकनासको सम्बन्ध रहिआएको छ ।
यद्यपि सन् १९७१ मा बंगलादेशको विषयलाई लिएर केही समय खटपट नभएको होइन तर तत्कालीन नेताहरूका सुझबुझका कारण त्यसले लामो समय लिन पाएन ।
पाकिस्तान भारतको पश्चिममा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । ६९७०९५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको मुलुकको जल क्षेत्र करीब ३.१ प्रतिशत छ । सन् १९४७ को भारतीय स्वतन्त्रतासँगै उदाएको यस देशमा २९ डिसेम्बर १९३० मै पाकिस्तानी अवधारणाको सूत्रपात भएको थियो तर त्यसको घोषणा भने २८ जनवरी १९३३ मा भएको हो ।
पाकिस्तानले अंग्रेजको पालादेखि नै स्वतन्त्र हुने प्रयास गर्दै आएको भएपनि स्वतन्त्र राष्ट्रको रूपमा उभिने अवसर अगस्ट १४, १९४७ मा पाएको हो, जसलाई २३ मार्च १९५६ मा इस्लामिक गणतन्त्र घोषित गरियो ।
सन् २०११ को अनुमान अनुसार पाकिस्तानको जनसंख्या १७ करोड ७१ लाख छ । यहाँको आयस्रोत भनेको कृषि तथा उद्योग व्यवसाय नै हुन् । छाला, कपडा तथा खानी उद्योगहरू विशेष उद्योग हुन् यहाँका । प्रतिव्यक्ति आय २८५१ यूएस डलर रहेको पाकिस्तानको सरकारी भाषा उर्दू र अंग्रेजी हुन् । बलोची, पास्तो, पञ्जावी, सिन्धी आदि क्षेत्रीय भाषामा पर्छन् ।
पाकिस्तान आफैं सम्पन्न मुलुक होइन । उसका आफ्नै समस्या छन् । अशिक्षा छ, गरीबी छ, आन्तरिक समस्या छ, बाह्य समस्या छ । छिमेकी मुलुक भारतसित पटक–पटक युद्ध नै गर्नुपरेको छ । तैपनि उसले नेपालको सहयोगमा कमी आउन दिएको छैन । उसको नेपालप्रतिको सहयोग निःस्वार्थ हो । प्रायः सहयोगको कुरा गर्दा लेनदेन पनि हुन्छन् प्र्रत्यक्ष, अप्रत्यक्षरूपमा । दाताले जति दिएका हुन्छन् अर्कैै तरिकाले त्योभन्दा बढी लिएका पनि हुन्छन् तर पाकिस्तानका लागि नेपालसित लिनु छैन, लिएको छैन । जति सकिन्छ दिनु छ, दिएको छ, दिँदै आएको छ ।
नेपालको मेडिकल साइन्स, इन्जिनियरिङ, फार्मेसी, सूचना प्रविधि, सामाजिक विज्ञान, व्यवस्थापन र जनसञ्चारको क्षेत्रमा विशेष सहयोग रहँदै आएको छ उसको । यी क्षेत्रमा उताबाट उच्च शिक्षा हासिल गरेर आउने विद्यार्थी थुप्रै छन्, जसले पाकिस्तान सरकारबाट छात्रवृत्ति प्राप्त गरेका हुन्छन् ।
नेपालमा व्यवस्थित हुन नसकेका एफसीपीएस विषयको पठनपाठनमा पनि पाकिस्तानी सहयोग छ । यसमा उसले यहाँकै विज्ञहरूसित अध्ययन गराउँछ र आफ्नो भूमिमा लगेर परीक्षा लिने गर्दैै आएको छ ।
मुलुकभित्रै पनि पाकिस्तानी राजदूतावासले बर्सेनि विद्यालय तहका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यस वर्ष ४०० विद्यार्थीले जनही १० हजारको दरले छात्रवृत्ति पाएका थिए । यो संख्या आगामी वर्ष केही बढ्न सक्ने पाकिस्तानी दूतावासबाट थाहा भएको छ । यसबाहेक उनीहरूबीच निबन्ध प्रतियोगिता गराई पुरस्कृत गरेर हौसला बढाउने काम समेत गर्दै आएको छ उसले ।
मानवीय सहयोगको क्षेत्रमा पनि पाकिस्तानी सहयोग प्रशंसनीय छ । आपत्विपद्मा उसले गर्दै आएको सहयोग बिर्सनै नसकिने खालका छन् । चाहे ३ वर्षअघि भूकम्पका बेला होस् चाहे गत वर्षको बाढीपहिरोको बेला होस्, उसले गरेको सहयोग नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । यसको अर्थ कुनै समस्या नै छैन भन्ने होइन । यी २ मुलुकबीच केही खड्किने विषय पनि छन् विशेषगरी आवागमनमा ।
‘नेपालको अध्यागमन पर्यटक मैत्री मात्र छैन, नरम र व्यावहारिक पनि छन् । यहाँ पर्यटकले अध्यागमन कार्यालयबाटै आफूलाई चाहिएको अवधिको भिसा प्राप्त गर्न सक्छन्’ नेपाल भ्रमणमा आउने पाकिस्तानी पर्यटकबाट सुनिने कुरा हुन् यी तर पाकिस्तानी भिसा प्रक्रिया भने त्यति सहज छैन ।
विद्यार्थीले सहजै स्टुडेन्ट भिसा पाउन सक्दैनन् । उनीहरूले लामो समयसम्म ३–३ महिनामा म्याद थपेर पर्यटक भिसाले काम चलाउनुपर्छ । म्याद थप्ने कुरा पनि त्यति सजिलो छैन । कि काठमाडौं आउनुपर्छ कि इस्लामावाद पुग्नुपर्छ यसका लागि । अनावश्यक खर्च त छँदैछ झण्झट पनि त्यति नै व्यहोर्नुपर्छ विद्यार्थीले यसमा । यसको अर्थ यसै हुनुपर्छ भन्ने होइन । उसका पनि समस्या होलान् आफ्नै किसिमका । आफ्ना विद्यार्थी हुन् भन्ने प्रष्ट भइसकेपछि तत्कालै पूरै अवधिको स्टुडेन्ट भिसाको व्यवस्था हुन सके विद्यार्थीले राहत पाउन सक्थे भन्नेसम्मको आशय हो ।
अर्को समस्या हवाइ रुट सम्बन्धी छ । पाकिस्तानबाट सिधै काठमाडौं उडान सेवा छैन । भारतीय आकाश त यसै पनि अवरुद्ध छ । दुबई, मलेसिया हुँदै आउने रुटलमा पनि प्रत्यक्ष उडानको सेवा छैन, जसले गर्दा पाकिस्तानबाट काठमाडौं आउनकै लागि २ दिन लाग्ने गरेको छ यात्रुहरूलाई । जबकि पाकिस्तान काठमाडौंको उडान समय मुस्किलले ४–५ घण्टाको हुनुपर्छ । यसबाट आवागमनमा मात्र होइन, २ देशबीचको व्यापार व्यवसायमै नकारात्मक असर पर्ने गरेको छ । यसमा पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल अधिकारीको भनाइ मननीय छ । उनका अनुसार नेपालसित पाकिस्तानको प्रत्यक्ष उडान नहुँदा २ पक्षीय व्यापार र पर्यटन व्यवसायलाई निकै अप्ठ्यारो बनाएको छ । सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउँदैछ नेपालले । यसका लागि पनि प्रत्यक्ष हवाइ उडानको सेवा शुरू गर्नुपर्ने अवस्था छ । यसमा नेपालको तर्फबाट पनि विशेष पहल हुनुपर्ने देखिन्छ ।
मैत्री सम्बन्धको ६० औं वर्षगाँठ मनाइरहँदा दुवै देशको ध्यान यतातिर जान सके सुनमा सुगन्ध हुने थियो । कुनै समस्या भए आपसी छलफलबाट निराकरण नसकिने भन्ने पनि छैन । यिनै भावनाका साथ ६० औं वर्षगाँठलाई अग्रिम बधाई तथा शुभकामना !
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...