×

NMB BANK
NIC ASIA

सामुदायिक वनमा रोपियो तेजपत्ता

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दमौली – तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित विभिन्न सामुदायिक वनमा तेजपात (दालचिनी) का बिरुवा रोपिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँको सहयोगमा चार सामुदायिक वनमा तेजपातको बिरुवा रोपिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तर फर्केका तथा चिसो हावापानी भएको क्षेत्रमा अन्य बिरुवाभन्दा तेजपातको राम्रो सम्भावना भएकाले मल्याङ, कवादी सालडाँडा, धुसेनी र बसनखन्डी सामुदायिक वनमा ३४ हजार ४०० तेजपातको बिरुवा रोपिएको डिभिजन वन प्रमुख केदार बरालले बताए ।


Advertisment
Nabil box
Kumari

अनावश्यक झाडी भएको क्षेत्रको सदुपयोग गरी कम लगानी, थोरै मेहनत र छोटो अवधिमा सामुदायिक वनले राम्रो आम्दानी लिनसक्ने भएकाले खाली क्षेत्रमा तेजपात रोपेर पकेट क्षेत्र बनाउन लागिएको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार बसनखन्डी सामुदायिक वनको चार हेक्टरमा छ हजार ४००, मल्याङ सामुदायिक वनको १० हेक्टरमा ११ हजार, साल्डाँडा धुसेनीमा १२ हजार र कवादी सामुदायिक वनको तीन हेक्टरमा पाँच हजार तेजपातको बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालयको सहयोग र उपभोक्ताको सहभागितामा तेजपातको बिरुवा रोपिएकाले उक्त बिरुवा गोडमेल र संरक्षणको जिम्मेवारी उपभोक्ताको रहेको मल्याङ सामुदायिक वन समूहका अध्यक्ष खडनन्द पौडेलले बताए । उनका अनुसार रोपिएकामध्ये ९० प्रतिशत बिरुवा जोगिएको छ ।

तेजपातको उचित संरक्षण र सम्वद्र्धन गरी यसबाट हुने आम्दानी चारवटै सामुदायिक वनले शतप्रतिशत उपभोग गर्न पाउने डिभिजन वन कार्यालयका प्रमुख बरालले बताए ।

डिभिजन वन कार्यालयले आफ्नै नर्सरीमा तयार गरेको बिरुवाको बजार मूल्य प्रतिबिरुवा रु १० पर्ने भए पनि ती सामुदायिक वनलाई निःशुल्करूपमा बिरुवा उपलब्ध गराइएको थियो ।

उनका अनुसार रोपेको पाँचौं वर्षबाट नै उत्पादन दिन सक्ने तेजपातको बजार भाउ पनि राम्रो रहेको छ ।

व्यावसायिकरूपमा तेजपात खेती गर्नसके स्वदेश तथा विदेशका विभिन्न जडीबुटी कम्पनी तथा मसला कम्पनीमा यसको उच्च माग छ ।

तेजपातको बोक्रा र पात मसलाका रुपमा घरायसी प्रयोजनका लागि उपयोगी मानिन्छ । तेजपातलाई तरकारी, मासु, पुलाउ आदिमा स्वाद र बास्नाका लागि प्रयोग गर्ने गरिन्छ ।

साथै पातबाट निकालिएको सुगन्धित तेल औषधि, खाद्य पदार्थ र पेय पदार्थलाई बासनादार बनाउन प्रयोगसमेत गरिन्छ ।

पात खाना पचाउन, पेटको दुखाई कम गर्न, आउँ परेको वाकवाक लाग्ने अवस्था रोक्न तथा यसको तेल दाँत दुखेको औषधिका रुपमा पनि प्रयोग गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x