कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडौं – जिब्राल्टर नजिक नियन्त्रणमुक्त गरिएपछि इरानको एक ट्यांकर भूमध्यसागर हुँदै सोमवार ग्रीसतर्फ गएको छ ।
अमेरिकाले यो ट्यांकर फेरि कब्जा गर्न खोजेमा त्यसको भारी मूल्य चुकाउनुपर्ने तेहरानले चेतावनी दिएको छ ।
ग्रेस १ नामक उक्त ट्यांकरको नाम परिवर्तन गरेर एड्रियन दर्या १ राखिएको थियो । त्यसलाई जिब्राल्टरबाट आइतवार राति ११ बजे मुक्त गरिएको थियो । जहाजको गति ट्य्राक गर्ने यन्त्रले सोमवार उक्त ट्यांकर ग्रीसको कालामातातर्फ गइरहेको र आइतवार त्यहाँ पुग्ने देखाएको छ ।
गत जुलाई महिनाको ४ तारिखमा ब्रिटिश रोयल मरिन्सले उक्त ट्यांकर कब्जामा लिएका थिए । युरोपेली संघको प्रतिबन्ध उल्लंघन गर्दै यसले सिरियातर्फ तेल लगिरहेको शंका गरेर कब्जामा लिइएको थियो । ट्यांकर कब्जामा लिइएपछि तेहरान र पश्चिमबीच हप्तौंसम्म गतिरोध थियो । खाडी हुँदै अन्तर्राष्ट्रिय तेल जहाजको यातायातमा यसले गर्दा तनाव आएको थियो ।
जिब्राल्टर बेलायत अधीनस्थ भूभाग हो र उसले बिहीवार नियन्त्रण आदेश फिर्ता लिएको थियो । तर वाशिङटनको एक संघीय अदालतले त्यसको भोलिपल्छ ट्यांकर, त्यसमा रहेको तेल र लगभग १० लाख डलर कब्जामा लिनका लागि पुर्जी जारी गरेको थियो ।
जिब्राल्टरले आइतवार वाशिङटनको अनुरोध पूरा गर्न नसक्ने किनकि आफू युरोपेली संघको कानूनमा बाँधिएको बताएको थियो । वाशिङटनले चाहिँ ट्यांकर इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्ससँग सम्बन्धित रहेको भन्दै नियन्त्रणमा लिन खोजेको थियो । उक्त संगठनलाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको छ ।
एजेन्सी
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...