बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडौं– नेपाल अटो मोबाइल डिलर्स एसोसियसन (नाडा)ले आयोजना गर्न लागेको नाडा अटोशोमा महिन्द्राका दुई नयाँ मोडलहरु सार्वजनिक हुने भएका छन् ।
महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको नेपालका लागि प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले आगामी १० भदौ देखि हुन लागेको नाडा अटोशोमा महिन्द्राको पछिल्लो उत्पादनहरु ‘एक्सयूभी–३००’ र ‘महिन्द्रा मराजो’ नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।
महिन्द्रा एक्सयूभी– ३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी रहेको अग्नी इन्कर्पोरेटले जानकारी दिएको छ ।
त्यस्तै महिन्द्रा मराजो पनि निकै चर्चामा रहेको र आगामी १० गते देखि चल्ने नाडा अटोशोमा मुख्य आकर्षणको रुपमा रहने अग्नी इन्कर्पोरेसनले जानकारी दिएको छ ।
महिन्द्राका अनुसार दुवै मोडेलका आकर्षक विशेषता रहेका छन् र नेपाली बजारमा मुख्य आकर्षणको रुपमा रहने छन् ।
के छन् महिन्द्रा एक्सयूभी–३००का विशेषता?
महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको छ ।
यसमा आकर्षक सनरुफका साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध रहेका महिन्द्राले छन् ।
एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सात वटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएस जस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको छ ।
नयाँ एसयूभी १ दशमलव २ लिटर टर्बो पेट्रोल र साढे १ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १ दशमलव २ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरका साथै २ हजार देखि ३५ सय आरपीएममा २ सय एनएम–टर्क उत्पादन गर्छ ।
साथै, १ दशमलव ५ लिटर डिजेल इन्जिनले ३७ सय ५० आरपीएममा ११५ पीएस पावरका साथै १५ सय देखि २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्ने महिन्द्राले जानकारी दिएको छ । उक्त गाडीले युवा पुस्तालाई आकर्षित गर्ने अग्नी इन्कर्पोरेटको आपेक्षा रहेको छ ।
के छन् महिन्द्रा मराजोका विशेषता?
निकै चर्चामा रहेको महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटोशोमा मुख्य आकर्षणको रुपमा रहने आपेक्षा गरिएको छ ।
मराजोको डिजाइन सार्क माछाबाट प्रेरित भएको र कारको केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित भएर निर्माण गरिएको छ ।
महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो । यसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ ।
मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ । त्यस्तै कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।
कारमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोनिक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ ।
महिन्द्रा मराजोमा नयाँ साढे १ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । जसले ३५ सय आरपीएममा १२१ हर्स पावर र १७ सय ५० देखि२५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ ।
भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने आपेक्षा अग्नी इन्कर्पोरेटले राखेको छ ।
महिन्द्राले उत्पादन गरेको स्पोर्टस यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ र कम्पनीकै पहिलो लग्जरी मल्टि पर्पोज भेइकल (एमपीभी) ‘मराजो’ले नाडा अटो शो २०१९ मा सबैको ध्यान खिच्ने आपेक्षा अग्नीले गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...