×

NMB BANK
NIC ASIA

पाल्पा जिल्ला अस्पतालमा शल्यक्रिया र डायलासिस सेवा शुरु

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पा - कुनै समय रिफर सेण्टरका रुपमा ख्याती पाएको जिल्ला अस्पतालको गुणस्तर सुधार हुँदै गएको छ । सामान्य रुघाखोकीको समस्या लिएर जिल्ला अस्पताल आउनेलाई पनि पोखरा जानुस् भनेर रिफर गर्ने अस्पतालले यस वर्षदेखि शल्यक्रिया र डायलासिस सेवा शुरु गरेको हो ।

Muktinath Bank

सरकारी अस्पतालको विश्वास नलागेरै धेरैजसो बिरामी सामान्य औषधि पसलले स्थानीय एफएम र पत्रपत्रिकामा गरेका विज्ञापनका भरमा हरेक शनिबार मेडिकल हलमा लामो लाइन लाग्ने गरेका बेला अस्पतालले नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय अस्पतालमा सामान्य शल्यक्रिया सेवादेखि मिर्गौलाको डायलासिससमेत गर्ने गरी अस्पताल प्रशासन र विकास समिति लागि परेको हो । गत वर्षदेखि निर्माणाधीन अस्पतालको आधुनिक भवन ५० शय्याको बन्दैछ ।


Advertisment
Nabil box
Kumari

अस्पताल विकास समितिका अनुसार एक महीनाभित्रै डिजिटल एक्सरे सेवा सञ्चालन हुँदैछ । भिडियो एक्सरे (अल्ट्रासाउन्ड) र मुटुको इको सेवा सञ्चालन पनि हुने भएको छ । मिर्गौलाको डायलासिस थपिँदैछ । एनआइसीयु (बच्चाहरूको सघन उपचार) सेवाको पनि तयारी भइरहेको अस्पताल विकास समितिले जनाएको छ । ल्याबमा सोडियम पोटासियमको परीक्षण गर्ने सेवा थपिने भएको छ ।

Vianet communication
Laxmi Bank

'हामीले यो वर्ष सेवामा फड्को मार्दैछौँ”, समितिका अध्यक्ष गोविन्द पहाडीले भने, 'यी सेवा थप्न सबैतिरको सकारात्मक सहयोग रहेको छ ।'

अस्पतालमा सञ्चालित ल्याबमा रगतसँग सम्बन्धित ८० वटासम्म परीक्षण गर्न मिल्ने मेसिन खरीदको तयारी भइरहेको उनले बताए ।

त्यस्तै विद्युत् नहुँदा एक्सरे, ल्याबलगायत सेवा सञ्चालन गर्न ‘ब्याकअप सिस्टम’ को पनि व्यवस्था चालू आवभित्रै गरिने उनले जानकारी दिए । हाल १५ शय्याको अस्पतालको क्षमता बढाएर ५० पु¥याउने प्रक्रिया शुरु भई भवन निर्माणको काम भइरहेको छ ।

आवश्यक जनशक्ति व्यवस्थापनबारे सरकारले चासो नदिएको अस्पताल व्यवस्थापनले जनाएको छ । व्यवस्थापनका पदाधिकारीले धेरैपटक प्रदेश र केन्द्रका निकायमा गरेको आग्रहबारे सुनुवाइ नभएको उनले बताए ।

अस्पतालमा जटिल सुत्केरी, एपेन्डिक्स, हाइड्रोशील लगायतका सामान्य अप्रेसन सेवा शुरु भएको तीन वर्ष पुग्यो । त्यसबाहेक उच्च प्रविधिको डिजिटल एक्सरे सेवा, थाइराइड परीक्षण, रगतको जाँच चौबिसै घण्टा सेवा विस्तार गरेको छ । तर, दरबन्दीअनुसारको जनशक्ति नभएका कारण प्रभावकारी हुन सकेको छैन । मिर्गाैलाको डायलासिस थप्न गण्डकी प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटमा केही थप गरेर पाँच वटा डायलासिस मेसिन ल्याउने तयारी अस्पतालले गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x