×

NMB BANK
NIC ASIA

गाँउपालिकाको विकासका लागि पञ्चवर्षीय योजना

भदौ ३, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कञ्चनपुर – जिल्लाका २ गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् ।

Muktinath Bank

लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत वितरण र परिचालनको अवस्था सुनिश्चित गर्ने उद्देश्यका साथ आवधिक योजना निर्माण गरिएको छ । 


Advertisment
Nabil box
Kumari

उपलब्ध स्रोत र आवश्यक स्रोतको विश्लेषण गरी आन्तरिक तथा बाह्य स्रोत व्यवस्थापनमा सहजीकरण गर्ने, विकास साझेदार तथा निजी क्षेत्रको लगानी र स्रोत परिचालन गर्ने आधार दस्तावेजका रुपमा पञ्चवर्षीय योजनालाई अघि सारिएको छ ।

Vianet communication
Laxmi Bank

पञ्चवर्षीय योजना तर्जुमा गर्दा आवधिक योजना जनता केन्द्रित, उत्पादन वृद्धि, आयआर्जन, रोजगार सिर्जना, वातावरण संरक्षण, समाजवादउन्मुख, समाजवादी नमूना, आधारभूत आवश्यकताको परिपूर्ति, आत्मसम्मानको सुनिश्चितता गर्ने समावेशी विकास, सन्तुलित तथा दु्रत विकास, दिगो विकास लक्ष्यको स्थानीयकरण र राष्ट्रिय विकास लक्ष्यमा समानजस्यता कायम गर्ने गरी निर्माण गरिएको योजना निर्माणमा संलग्न एनएलआर संस्थाको साझेदार संस्था एनएनएसडब्लुएका कार्यक्रम निर्देशक राजीव अवस्थीले बताए ।

उनका अनुसार आवधिक योजनामा आर्थिक विकास क्षेत्रका योजना, सामाजिक क्षेत्रका योजनासँगै भौतिक पूर्वाधार, सुशासनलगायत समेटिएका छन् । पञ्चवर्षीय योजना तर्जुमा गर्दा नेपालको संविधान, विद्यमान ऐन, नीति नियम र दिगो विकासका लक्ष्य लगायतलाई समेत आधारका रुपमा लिइएको छ । योजना निर्देशक समिति, विषयगत उपसमिति, गाउँपालिकास्तरीय गोष्ठी, पाश्र्चवचित्रको पुनरावलोकन तथा विश्लेषण र राजनीतिक दलका घोषणापत्र, स्थलगत सर्वेक्षण लगायतका आधारमा तयार गरिएको छ । 

दुवै गाउँपालिकाको आवधिक योजनामा भूमिहीन अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने र स्थानीय कला संस्कृति जगेर्ना गर्दै पर्यावरणीय पर्यटन प्रवद्र्धनमा जोड दिने कुरालाई समेत स्थान दिइएको छ । विक्रम संवत् २०७६ देखि २०८१ सम्म सञ्चालन हुने योजनाअनुरुप उपलब्ध स्रोत तथा साधनहरु, मानव संसाधन परिचालन एवं प्रविधिको उच्चतम सदुपयोग गरी पर्यटन प्रवद्र्धन, वैज्ञानिक कृषि व्यावसाय, सुशासन, गरीबी निवारण एवं समावेशी विकाससहितको समृद्ध तथा दुवै गाउँपालिका नमूना गाउँपालिकामा रुपान्तरण हुने विश्वास लिइएको छ ।

आवधिक योजनामा कृषि, पशुपालन, समावेशी शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ्य सरसफाइ, पोषण, खाद्य सुरक्षा, आन्तरिक राजस्व वृद्धि, पर्यटन प्रवद्र्धन, घरबास, समावेशी विकास, सूचना प्रविधि तथा सञ्चार, यातायात व्यवस्थापन तथा सडक सञ्जाल स्तरोन्नतिकरण, शुद्ध पेयजल, ऊर्जा लगायतका कार्यलाई विकास प्राथमिकताका क्षेत्र निर्धारण गरिएको लालझाडीका अध्यक्ष मदनसेन वडायकले बताए ।

उनका अनुसार नदी नियन्त्रण तथा उपयोग, भूमि व्यवस्थापनसँगै सुकुम्वासी, नदी विस्थापित र आरक्ष विस्थापितको व्यवस्थापन तथा संस्कृति जगेर्ना र जनजासत संग्रहालय निर्माणकार्यलाई विकासका प्राथमिक क्षेत्रका रूपमा राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x