×

NMB BANK
NIC ASIA

साँफे–मार्तडी सडक पहिरो हटाउनमै ठिक्क

भदौ ३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बाजुरा – कालोपत्र गरेको २ वर्ष भइसक्दासमेत साँफे–मार्तडी सडकको अवस्थामा सुधार भएको छैन । 

Sagarmatha Cement
Muktinath Bank

सडक छेउछाउबाट पहिरो खस्ने क्रम नरोकिएपछि हरेक वर्षात्मा अवरुद्ध हुने गरेको छ । ५७ मध्ये ३० किलोमिटर पहिलो चरण र २७ किलोमिटर दोस्रो चरणमा सडक कालोपत्र गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिला कालोपत्र गरिएको अछामको साँफेबगरदेखि बार्जुगाडसम्मको ३० किलोमिटर सडकमा धेरै समस्या नदेखिएपनि बार्जुगाडदेखि मार्तडीसम्मको २७ किलोमिटर सडकमा बढी समस्या देखिएको छ । वर्षात्मा साँफे–मार्तडी सडक प्रत्येक दिनजसो अवरुद्ध हुने गरेको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले बताए ।


Advertisment
Nabil box
Kumari

बूढीगंगा नगरपालिका–१ को द्ववारीमा खसेको ठूलो पहिरोबाहेक अरु साना–साना पहिरोका कारण पनि सडक अवरुद्ध भइरहने गरेको उहाँको भनाइ छ । सडक अवरुद्ध भएलगत्तै प्रहरीको सक्रियता बढ्ने गरेको छ । प्रत्येक दिन सडक क्षेत्रमा प्रहरी गस्ती तैनाथ गर्ने गरिएको छ । मार्तडीको थुवाकाँधमा खसेको पहिरो र रुख प्रहरी तथा स्थानीयले पन्छाएका छन् ।

Vianet communication
Laxmi Bank

तत्काल डोजर उपलब्ध नहुने र रकमको कुरामै समय बित्ने हुँदा प्रहरी नै परिचालन गरेर सकेजति पन्छाउने गरिएको छ ।

पहिरो पन्छाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र कहिलेकाहीँ नेपाली सेनासमेत परिचालन हुने गरेका छन् । २ दिनदेखि अवरुद्ध थुवाकाँधको पहिरो पन्छाएपछि सोमवार साँझबाट साना सवारीसाधन सञ्चालन भएका प्रहरीले जनाएको छ । पहिरोसँगै खसेको सल्लाको रुख नेपाल प्रहरीको टोलीले पन्छाएको हो ।

साँफे–मार्तडी सडकले बाजुरालाई सास्ती मात्रै दिँदै आएको छ । प्रहरी, स्थानीयवासी, व्यवसायी मिलेर प्रत्येक दिन सडक बनाउनुपर्ने बाध्यता रहेको जयमालिका यातायात प्रालिका कोषाध्यक्ष कालु नाथले बताए ।

कालोपत्र गरिएको सडक भन्न पनि लाजमर्दो विषय रहेको उनको भनाइ छ । कालोपत्र आफैंमा कमजोर गरिएको छ । त्यसैमा डोजर प्रयोग गरी निर्माण गरिएको सडक अझै सतहमा बसेको छैन । पानी पार्नसाथ सडक माथिको पहाड खस्ने गरेको छ । प्राविधिकका अनुसार भूगोल नै कमजोर भएकाले अझै ५ वर्षसम्म समस्या देखिने छ । 

सडक कालोपत्र गरेको पीएस कम्पनीका साइड इन्चार्ज प्रेम थापाले सतह नै कमजोर भएकाले केही वर्ष पहिरो खस्ने डर रहेको बताए । साँफे–मार्तडी सडकको रुट नै नदीको किनारा र पहाडको फेदीमै भएकाले पहिराको उच्च जोखिम रहेको सडक डिभिजन कार्यालय साँफेका इञ्जिनीयर दमन विष्टले जानकारी दिए । पानी परिरहेकाले भदौको अन्तिमसम्म समस्या स्थानीयले खेपिरहनुपर्ने अवस्था छ ।

सडकको वैकल्पिक मार्ग निर्माण शुरू

साँफे–मार्तडी सडकको द्ववारी क्षेत्रमा वैकल्पिक मार्ग निर्माणको काम थालिएको छ । पहिरोले भत्किएको क्षेत्रलाई केन्द्रित गरी स्थानीयवासीसँग सहमति गरेर नयाँ मार्ग निर्माणको काम आइतवारबाट शुरू गरिएको हो । पहिरोले भत्किएको करीब १०० मिटर क्षेत्रलाई जोगाएर त्यसैको माथिबाट बाटो निर्माण शुरू गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।

सडकमाथिपट्टिको टीकाराम पाध्यायको घर भत्काएर सोही घरलाई नै नयाँ मार्ग निर्धारण गर्न लागिएको हो । सडक डिभिजन कार्यालय साँफेबगरको डोजर लगाएर बाटो निर्माण थालिएको छ । – गंगाराज पण्डित/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x