×

NMB BANK
NIC ASIA

ट्रम्पले इमरान खानलाई गरे फोन, नरम भाषा प्रयोग गर्न दिए सुझाव

भदौ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई फोन गरेर भारतका विरुद्ध ‘नरम भाषा’ प्रयोग गर्न सुझाव दिएका छन् । जम्मु तथा कश्मीरका विषयमा भारतसँगको तनाव घटाउन उनले यस्तो सुझाव दिएका हुन् । 

Muktinath Bank

ट्रम्पले एक हप्ताभन्दा कम समयमा दोस्रोपटक खानलाई फोन गरेका हुन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आधी घन्टा संवाद गरेलगत्तै इमरान खानलाई फोन गरेका हुन् । मोदीले ट्रम्पलाई पाकिस्तानका नेताहरू ‘कठोर भाषा उपयोग गरिरहेको र भारतविरुद्ध हिंसा भड्काइरहेको’ गुनासो गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इमरान खानसँगको कुराकानीमा ट्रम्पले तनाव नचर्काउने आवश्यकतामा जोड दिँदै दुवै पक्षलाई संयम अपनाउन भनेको ह्वाइट हाउसले जनायो । 


Advertisment
Nabil box
Kumari

दुई नेताले अमेरिका र पाकिस्तानबीचको आर्थिक तथा व्यापारिक साझेदारी बलियो बनाउनलाई काम गर्ने सहमति पनि जनाएका छन् । 

Vianet communication
Laxmi Bank

ट्रम्पले लगत्तै ट्वीट गर्दै लेखे, ‘मेरा दुई असल साथी भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री खानसँग व्यापार, रणनीतिक साझेदारी र सबभन्दा महत्त्वपूर्ण कश्मीरमा तनाव घटाउने कुरा गरें ।’

कश्मीरका विषयमा खानले भारतविरुद्ध लगातार विषवमन गरिरहेका छन् । आइतवार उनले भारतीय सरकार फासिस्ट र हिन्दू सर्वोच्चतावादी भएको आरोप लगाउँदै यो पाकिस्तानमाथि र भारतका अल्पसंख्यकमाथि नै जोखिमका रूपमा रहेको बताएका थिए ।

भारतले जम्मु तथा कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० खारेज गर्दै उक्त राज्यलाई केन्द्रशासित प्रदेश बनाउने घोषणा गरेपछि पाकिस्तानबाट कठोर प्रतिक्रिया आएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x