×

NMB BANK
NIC ASIA

ज्येष्ठ नागरिकको उपचारका लागि बनाइँदै निर्देशिका

भदौ ३, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लाग नगर स्वास्थ्य केन्द्रले निर्देशिका बनाउन शुरू गरेको छ । नगरपालिकाअन्तर्गतको नगर स्वास्थ्य केन्द्रले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर औषधोपचार गर्नका लागि निर्देशिका बनाइरहेको हो ।
 
नगर क्षेत्रभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्करूपमा स्वास्थ्य सेवा प्रदान गर्ने गरी निर्देशिका निर्माण भइरहेको नगर स्वास्थ्य संयोजक इन्द्रराज शर्माले बताए । निर्देशिका निर्माण भएपछि कार्यविधि बनाएर काम थाल्ने उनको भनाइ छ । आगामी असोजको पहिलो हप्तादेखि ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्करूपमा विशेषज्ञसहितको टोलीले औषधोपचार गर्ने शर्माले जानकारी दिए ।

Muktinath Bank

नगर स्वास्थ्य केन्द्रले उच्च रक्तचाप, मधुमेह, दमलगायत नियमित उपचार गर्नुपर्ने रोगको निःशुल्क प्रयोगशाला परीक्षण र औषधोपचार गर्ने गरी कार्यविधि निर्माण गरिरहेको छ । केन्द्रको नयाँ कार्यक्रमअनुसार समुदाय लक्षित कार्यक्रम केन्द्रित गरिएको जानकारी दिँदै स्वास्थ्य संयोजक शर्माले समुदायलाई स्थानीय सरकारको अनुभूति हुने गरी काम भइरहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गैँडाकोटको पितौजी स्वास्थ्य केन्द्रमा मात्रै रहेको भिडियो एक्स–रे सेवालाई गैँडाकोट स्वास्थ्यचौकीमा विस्तार गर्ने, २४ घण्टे प्रसूति सेवा, सबै प्रकारका खोपलाई भण्डारण गरेर राख्ने, अस्पतालजन्य फोहर व्यवस्थापनका लागि काम गर्ने गरी कार्यविधि निर्माण भएको शर्माले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

पाठेघरको क्यान्सर र स्तनक्यान्सरको स्क्रिनिङ, नगरका १८ वटै वडामा चिकित्सक प्रयोगशालासहित निःशुल्क औषधोपचारका लागि घुम्ती शिविर, वातावरणीय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । यस वर्षको समुदाय लक्षित नियमित र थप कार्यक्रमका लागि रु ९५ लाख बजेट स्वीकृत भएको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x