किन लाग्छ बाडुली ? वैज्ञानिकहरूसँग छैन सटीक व्याख्या !

भदौ ३, २०७६

काठमाडौं – बाडुली लाग्दा कसैले आफूलाई सम्झिरहेको हुन्छ भन्ने लोकोक्ति छ । 

छिटो खाने सुरमा खाना राम्ररी नचपाउँदा बाडुली लाग्न थाल्छ । बाडुली लाग्दा पानी पिउने सल्लाह दिइन्छ । 


ADVERTISEMENT

तर किन लाग्छ बाडुली ? यसको उत्तर वैज्ञानिकले पनि दिन सकेका छैनन् । 

धेरैजसो बाडुली सामान्य हुन्छन् र केही मिनेटमा जान्छन् । तर कहिलेकाहीँ बाडुलीले गम्भीर रोगको संकेत दिन्छन् । कहिलेकाहीँ धेरै दिनसम्म पनि बाडुली लागिरहन्छ । बाडुली लागिरहेर खाना खान पनि समस्या आइदिन्छ । निद्रामा बाधा पुग्छ । 

अमेरिकामा प्रत्येक वर्ष चार हजार मानिस बाडुली लागेको लाग्यै गरेर अस्पतालमा भर्ना हुन्छन् । 

चार्ल्स अस्बर्न नामक व्यक्तिलाई सबभन्दा लामो समयसम्म बाडुली लागेको कीर्तिमान गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा उल्लिखित छ । उनलाई लगातार ६८ वर्षसम्म हिकहिक भएको थियो । 

वैज्ञानिकहरूले शरीरमा हुने डायाफ्राम खुम्चिँदा बाडुली लाग्ने बताएका छन् । डायाफ्राम नामक मांसपेशीले छाती र पेटलाई छुट्ट्याउँछ । 

विभिन्न नसामा समस्या आउँदा बाडुली लाग्ने शरीरवैज्ञानिकहरूको भनाइ छ । तर वैज्ञानिकहरूले बाडुलीको ठ्याक्क कारण चाहिँ अहिलेसम्म खुलाउन सकेका छैनन् । 

एजेन्सी

भदौ ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस