कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
काठमाडौं – इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेको एक वर्ष पूरा भएको छ । एक वर्षमा उनले धेरै कुरा देखिसकेका छन् ।
पूर्व क्रिकेटर खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)ले सन् २०१८ मा दिग्गज दलहरू पाकिस्तान मुस्लिम लीग–नवाज र पाकिस्तान पीपुल्स पार्टीलाई हराएर सत्तारोहण गरेका थिए ।
अघिल्लो वर्ष अगस्ट १८ मा इमरान खानले प्रधानमन्त्री पदको शपथ लिएका थिए । समस्याले घेरिएको सिस्टम उनले विरासतमा पाए । देशमा आर्थिक संकट, व्यापक भ्रष्टाचार र खराब अन्तर्राष्ट्रिय छवि व्याप्त छ ।
चुनाव प्रचारका क्रममा उनले कुशल प्रशासन, आर्थिक उदारता र छिमेकीहरू सुसम्बन्ध कायम गरेर पाकिस्तानको कायापलट गर्ने वाचा गरेका थिए ।
एक वर्ष बितिसक्दा इमरान खानले आफ्नो वाचा पूरा गर्नै बाँकी छ अनि त्यसबाहेक नै अतिरिक्त र अभूतपूर्व स्थितिको सामना गर्नुपर्ने भएको छ ।
चुनावताका लोकप्रियता हासिल गरेको भए पनि पीटीआई दुई दशकसम्म पाकिस्तानी राजनीतिमा कमजोर थियो । सन् २०१३ को आमचुनावमा भने ऊ दोस्रो सबभन्दा ठूलो दल बनेको थियो ।
इमरान खानको एक वर्षे कार्यकालमा पाकिस्तानमा विभिन्न क्षेत्रमा कस्ता परिवर्तन आए त ?
अर्थतन्त्र
अर्थतन्त्रका विषयमा पीटीआई नेतृत्वको सरकारबाट आशा गर्नेहरू निराश छन् ।
सरकारले आर्थिक संकटबाट निस्कनका लागि ठूलो ऋण लिएको छ । प्रधानमन्त्री बन्नुअघि इमरान खानले ऋण लिने कुराको विरोध गरिरहेका थिए अनि विदेशी संस्थाहरूसँग भिक्षा माग्नुभन्दा आत्महत्या गर्नु बेश हुन्छ भन्ने गरेका थिए ।
तर मे महिनामा पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग कठोर शर्तसहित ६ अर्ब डलरको ऋण सम्झौता गरेको छ । तर यसबाट सजिलै आर्थिक सुधार होला भनी सोच्नु मूर्खतापूर्ण हुनेछ ।
शक्तिशाली सेनाको आर्थिक निर्णयहरूमा ठूलो प्रभाव छ । त्यसैले गर्दा सरकारले कुनै पनि किसिमको साहसिक कदम उठाउन सक्ने स्थिति छैन ।
जुन महिनामा आर्थिक समितिमा राखिएका सैन्य प्रमुख कमर जावेद बाजवाले राजस्वको उचित व्यवस्थापन नगरिएकाले पाकिस्तान आर्थिक संकटमा परेको बताएका थिए ।
इमरान खानको नीतिगत प्राथमिकता भनेको करको दायरा बढाउनु नै थियो । तर उनका अपीलहरूको खासै असर देखिएको छैन ।
जुलाई महिनामा स्थानीय पत्रिका दी एक्सप्रेस ट्रिब्युनले समाचार लेखेर कर र कुल गार्हस्थ्य उत्पादनको अनुपात ९.९ प्रतिशत रहेको र विगत पाँच वर्षमा यो सबभन्दा कम भएको उल्लेख गरेको थियो ।
सरकारले आर्थिक स्थिति सुध्रिरहेको बताए पनि विज्ञहरू सहमत छैनन् ।
डन पत्रिकामा साकिब शेरानी लेख्छन्, ‘आर्थिक संकटका कारण एक वर्षमा बजारमा ठूलो असर परेको छ ।’
परराष्ट्रनीति
१५ दिन अघिसम्म प्रधानमन्त्री इमरान खानको सबभन्दा ठूलो चुनौती अर्थतन्त्रलाई सुधार गर्नुमा निहित थियो । तर भारतअधीनस्थ कश्मीरमा भारत सरकारको निर्णयले परिस्थितिमा परिवर्तन ल्याएको छ ।
भारतको यो कदमले खानमाथि निकै दबाब परेको छ । उनको सरकारका लागि यो सबभन्दा ठूलो चुनौती बनेको छ ।
पाकिस्तानले भारतको कदमविरुद्ध संयुक्त राष्ट्रसंघबाट कारवाहीको माग गरेको छ । भारतसँगको कूटनीतिक सम्बन्ध उसले घटुवा गरेको छ र द्विपक्षीय व्यापार रद्द गरेको छ ।
अहिले चीन मात्र पाकिस्तानको शक्तिशाली सहयोगी हो ।
साउदी अरब, कतार र संयुक्त अरब अमिरातसँग सम्बन्ध सुधार्नका लागि इमरान खानले निकै कोशिश गरे । ती देशहरूले पाकिस्तानलाई अर्बौं डलर ऋण दिने वाचा गरेका थिए ।
खानले छिमेकी देश अफगानिस्तानमा शान्ति सम्झौतामा सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय छवि सुधार्नका लागि उनको यो इच्छा व्यक्त भएको थियो । अमेरिकाले अफगानिस्तानमा आफ्ना सैनिकको संख्या घटाउन खोजेको छ ।
खानले जुलाई महिनामा वाशिङटनमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्दा सहयोगको प्रस्ताव गरेका थिए । त्यतिखेर पत्रकार र विश्लेषकहरूले दुई देशबीच तनावपूर्ण सम्बन्ध चलिरहेको बेलामा इमरानले कूटनीतिक सफलता हासिल गरेको बताएका थिए ।
इस्लामाबादले परराष्ट्रनीतिको हतियारका रूपमा उग्रवादीहरूलाई शरण दिने गरेको भनी दिल्ली र वाशिङटनले निरन्तर आरोप लगाउने गरेका छन् ।
उग्रवादी समूहहरूका विरुद्ध पर्याप्त कारवाही नगरेको भन्दै अमेरिकाले पाकिस्तानमाथि निकै दबाब दिने गरेको छ ।
जैश ए मोहम्मद र जमात उद दवा जस्ता उग्रवादी समूहविरुद्ध कारवाही गरिएको खबर स्थानीय सञ्चारमाध्यममा आइरहेका हुन्छन् । सरकारको दृष्टिकोणमा महत्त्वपूर्ण परिवर्तन यसबाट देखिएको धेरैको मत छ ।
पाकिस्तान सरकारले उग्रवादी संगठनहरूको सम्पत्तिमा कब्जा जमाएको, धार्मिक मदरसाहरूलाई नियन्त्रणमा लिएको छ र उग्रवादी संगठनसँग जोडिएका अनेकौं संगठनमा प्रतिबन्ध लगाएको छ ।
गत जुन महिनामा उग्रवादीहरूमा लगानी गरेको आरोपमा हाफिज सईदलाई पक्राउ गरिएको थियो । सन् २००८ मा मुम्बईमा गरिएको आक्रमणको मास्टरमाइन्ड सईद नै भएको भनी भारत र अमेरिकाले आरोप लगाउने गरेका छन् ।
सरकारका यस्ता कदमका विषयमा डन पत्रिकाले लेख्यो, ‘सरकारले ढिलै भए पनि उग्रवादी समूहहरूमाथि कडा कारवाही गरिरहेको देखिन्छ ।’
तर फाइनान्सियल याक्सन टास्क फोर्सका कारण उग्रवादीहरूमाथि कारवाही चलाइएको बताइन्छ । यो अन्तर्राष्ट्रिय निगरानी संस्था हो र यसले उग्रवादीलाई नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै पाकिस्तानलाई ग्रे लिस्टमा राखेको छ ।
पाकिस्तानमा उग्रवादी समूहका तर्फबाट हुने हिंसा आजकल निकै घटेको छ । कबिला क्षेत्रमा सैन्य अभियान चलाइएकाले यसो भएको भनिन्छ ।
तर बलुचिस्तानमा पृथक्तावादी समूहले अहिले पनि सानातिना हिंसा गर्ने गरेका छन् ।
तर अहिले सरकार र सेनामा फाटो आएको बताइएको छ ।
विशेषगरी भारतीय मिडियामा यस्तो खबर आएका हुन् ।
तर प्रधानमन्त्री खानले यसलाई खण्डन गर्दै प्रमुख मुद्दामा सेना र सरकारको विचार एकै भएको बताएका छन् ।
सेना पनि परराष्ट्रनीतिका विषयमा सरकारसँग उभिएको देखिन्छ, विशेषगरी भारतका विषयमा ।
सरकार र विपक्षबीच संघर्ष
पीटीआई सरकारको एक वर्ष विपक्षसँग विभिन्न मुद्दामा अल्झिरह्यो ।
ठूला विपक्षी दलले चुनावमा धाँधली गरिएको भन्दै चुनाव परिणाम बहिष्कार गरेका थिए ।
गत जुलाई २५ मा ती दलहरूले पीटीआई सरकारले चुनाव जितेको एक वर्ष पूरा भएकोमा कालो दिवस मनाए ।
विपक्षी दलहरूले सरकारमाथि अर्थतन्त्र नष्ट गरेको र महंगी बम विस्फोट गरेको आरोप लगाएका छन् ।
मिडियामा सेन्सरशिप बढाइएको र विपक्षीहरूलाई चुप लगाउन खोजिएको उनीहरूको आरोप छ । सरकारले यी आरोपलाई खण्डन गर्दै भ्रष्टाचारमा लिप्त मानिसहरूविरुद्ध कारवाही गरिरहेको बताएको छ ।
भ्रष्टाचार र लागूऔषध तस्करीका विषयमा विपक्षी नेताहरूलाई पक्राउ गरिएपछि सरकारले राजनीतिक विरोधीविरुद्ध प्रतिशोधपूर्ण कारवाही गरिएको आरोप लगाइएको छ ।
कश्मीरका विषयमा अहिले विपक्षी दलहरूले सरकारको कडा आलोचना गरेका छन् ।
भारतअधीनस्थ कश्मीरमा भारत सरकारको कारवाहीमा कमजोर प्रतिक्रिया दिएको भन्दै विपक्षी दलहरूले कश्मीरको भविष्य इमरान खानले बेचेको आरोप लगाएका छन् ।
बीबीसी हिन्दीबाट
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...