×

NMB BANK
NIC ASIA

‘नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक नेपालको हितमा हुनुपर्छ’

भदौ ३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा विज्ञहरुले भारतसँग हुने उच्चस्तरीय छलफलमा नेपालको आर्थिक विकास, सीमा समस्या, परियोजना कार्यान्वनय तथा तराई डुबानमा केन्द्रित हुनुपर्ने सुझाव दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बुधबार नै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्ने र त्यस बैठकमा ती दुई मुलुकबीच बहुपक्षीय सम्बन्ध, दुई देशबीचको निकटको सम्बन्ध, नेपालमा आर्थिक लगानी, भारतसँगको नेपालको व्यापार, सीमा, डुबान, सन् १९५० को सन्धिलगायत समग्र विषयमा उच्चस्तरीय छलफल हुने जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

डा भट्टराईले बितेका दिनमा नेपाल र भारतका नेताबीच सौहाद्र्र तथा विश्वासको वातावरण विकास हुँदै गइरहेको बताउँदै नेपालले भारतसँग संयुक्त राष्टसङ्घको वडापत्र तथा पञ्चशीलको सिद्धान्तको आधारमा वार्ता गर्ने बताए । अर्को प्रसङ्गमा डा भट्टराईले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नो काममा निरन्तर खटिरहेको जानकारी दिँदै प्रधानमन्त्रीको स्वास्थ्य पुनःपरीक्षण गर्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भदौ ५ गते सिङ्गापुर जान लागेको बताए । 

Vianet communication
Laxmi Bank

पूर्वराजदूत दुर्गेसमान सिंहले नेपाल भारतबीचको सम्बन्धले नयाँ गति लिएको बताउँदै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणबाट दुई दशकदेखि गतिहीन भएका परियोजनाले गति पाउने विश्वास व्यक्त गरे । उनले नेपाल–भारतबीच कुनै समस्या नभएको, व्यापार, पर्यटन, ट्रान्समिसन आदि क्षेत्रमा प्रगति भएको तथा नेपालमा विद्युत् भार कटौती अन्त्य भएको उल्लेख गरे । 

बुद्धिजीवी डा सुन्दरमणि दीक्षितले पाँच वर्षका लागि आएका भारतीय प्रम मोदीको सरकारबाट नेपालले भरपुर लाभ लिनुपर्ने बताए । उनले दशैँमा घर फर्किने बेला भारतीय भूमिमा नेपाली कामदार लुटिने गरेको र यस विषयमा भारतसँग छलफल गरी समस्या समाधान गर्नुपर्ने औँल्याए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x