कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाजुरा – जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ ।
सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ ।
बडिमालिका नगपालिका–७ सिराडीकी कल्पना विक भन्छिन्, ‘बाजुराका ग्रामीण भेगमा भने दूधदही लगायतका गोरसजन्य वस्तु केही दिँदैनन्, सुत्केरी र महिनावरी भएका महिलाले परम्परागतरुपमा न त गाईवस्तुलाई छुन मिल्छ न त गोरस प्रयोग गर्न मिल्छ ।’
सोही वडाकी मासमती विकले महीनावारी भएका बेला गाईवस्तलाई छोएमा सुक्दै जाने, बिरामी हुने र देवीदेउता रिसाउने हुँदा गाईवस्तुलाई छुने हिम्मत नै नगरेको पीडा सुनाए । जिल्लाका केही स्थानीय तहमा फाट्टफुट्ट गोरसको प्रयोग गरेता पनि अधिकांश स्थानीय तहका ग्रामीण भेगका सुत्केरी र महीनावारी भएका महिलालाई दूध, दही अझै नदिने गरेको बडिमालिका नगरपालिका–९ का गोपाल विकले बताए ।
उसो त अधिकांश ग्रामीण भेगमा गाई, भैंसीको दूध, दही र मही बिक्री गर्ने चलन अहिले केही मात्रामा छ । दूधदही बिक्री गरे देउता रिसाउने भन्दै बिक्री गर्न नमानेको बडिमालिका–३ रजालीका जुना रोकायाले बताए ।
जसले गर्दा व्यावसायिक प्रणालीको विकास हुनसकेको छैन । जबसम्म मान्छे व्यावसायिक हुँदैन, तबसम्म उसको आयआर्जनमा वृद्धि हुन सक्दैन भन्ने उनको ठम्याइ छ ।
गौमुल गाउँपालिका–६ टुनीकी रचना विकले भनिन्, ‘यो परम्परागत अन्धविश्वासका विरुद्ध गाउँ–गाउँमा अभियान सञ्चालन गर्नुपर्दछ ।’ जिल्ला अस्पतालका डा. रोहित गिरीले भने महिनावारी र सुत्केरी भएका बेला रगत बढी बग्ने र शरीरमा कमजोरीको महसूस हुने भएकाले यो अवस्थामा दूध, दही, हरियो सागपात, माछामासुलगायत साविकको भन्दा पोषिलो खानेकुरा बढी प्रयोग गर्नुपर्ने बताए ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...