चीनमा रोबोट सम्मेलन : अत्याधुनिक रोबोटहरू प्रदर्शनीमा

भदौ ४, २०७६

काठमाडौं – बेइजिङमा मंगलवारदेखि विश्व रोबोट सम्मेलन शुरू भएको छ । सम्मेलनमा अत्याधुनिक प्रविधिका रोबोटहरू प्रदर्शनीमा राखिएका छन् । त्यसमा २२ देशले भाग लिने अपेक्षा छ । 

सम्मेलनमा नयाँ रोबोटिक प्रविधि र उत्पादनहरू देखिनेछन् जसमा स्वास्थ्य सम्बन्धी, धेरैवटा खुट्टा भएका अनि स्मार्ट लजिस्टिक्स रोबोट भेटिनेछन् । साढे चार हजार व्यावसायिक सहभागीहरूले यसमा भाग लिनेछन् र चारवटा प्रतियोगिता पनि आयोजना गरिनेछ । 


ADVERTISEMENT

कुल ७०० वटा रोबोटहरू प्रदर्शन गरिएका छन् । 

प्रदर्शनीमा जर्मन कम्पनी फेस्टोले बनाएको स्मार्टबर्ड रोबोट पनि देखिनेछ । यो रोबोट चरा जस्तै छ र उड्न सक्छ । आफैं टेक अफ गर्न, उड्न र अवतरण गर्न यो रोबोट समर्थ छ ।

स्मार्टबर्डले जम्मा २३ वाट बिजुली खपत गर्छ जबकि यसको तौल लगभग ४५० ग्राम छ र पखेटाको फैलावट दुई मिटर छ । 

कुकुर रोबोट लाइकागो पनि प्रदर्शनीमा राखिएको छ ।

एजेन्सी
 

भदौ ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस